पर्साको पकहॉंमैनपुर गाउँपालिका प्रमुख सुरेश मेहताले हिन्दूहरूको आस्थाको महान पर्व छठको अवसर पारी अनियमितताको नयाँ बाटो बनाएर आर्थिक अपचलनमा लागेको सामाचार प्राप्त भएको छ। पालिका प्रमुख मेहताले छठघाट सजावटको नाममा गम्भीर अनियमितता र आर्थिक अपचलनमा लागेको सामाचार प्राप्त भएको हो।
गाउँपालिका प्रमुख मेहताले छठघाट सजावटको नाममा एकलौटी निर्णय गरि मनपरी ढंगले बजेट बाँडफाँड गरेर आफ्ना वडालाई प्राथमिकता दिएको घटनाले अहिले चर्चाको विषय बनेको छ।
पकहॉंमैनपुर गाउँपालिकामा पाँच वटा वडाहरु छन, ति मध्ये वडा नम्बर २,३,४ र ५ मा सम्मान रकम बिनियोजन गरिएको छ, भने पालिका प्रमुख मेहताले अन्य वडाहरू भन्दा आफ्ना वडालाई प्राथमिकता दिंदै आर्थिक अपचलनको नयाँ बाटो रोजेको पुष्टि भएको छ।
पालिका प्रमुख मेहताले छठघाट सजावटका लागि अन्य वडाहरूमा ३/३ लाख रुपैयाँ मात्र विनियोजन गरेका छन, भने आफ्ना वडामा एकलौटी निर्णयले ३ लाख र ५ लाखको दरले ८ लाख रकम दुई ठाउँमा छुट्टा छुट्टै बिनियोजन गरेका छन । यतिमात्र होइन, प्रमुख मेहताले छठको भोलिपल्ट लाग्ने धोरे (झण्डा) मेलाको ब्यवस्थापनका लागि छुट्टै ५ लाख रुपैया बिनियोजन गरेका हुन ।
प्रमुख मेहताले आफ्नै वडामा भने ८ लाख रुपैयाँ छुट्याउदै पालिकाको अन्य वडाहरूमा भेदभाव गरेका छन, भने आर्थिक अपचलन गर्न पदको दुरुपयोग मात्र गरिरहेको देखिएको हो।
यता पालिकामा सो रकम विनियोजनमा पनि कुनै आधिकारिक परिषद् बैठक वा वडाध्यक्षहरूको सहमति विना गरिएको नाम नछापने शर्तमा पालिकामा कार्यरत एक जना कर्मचारीले जानकारी दिए। उनले छठघाटको नाममा लाखौं रकम आर्थिक अपचलनको बाटो प्रमुख मेहताको एकलौटी निर्णय रहेको बताए। उनले भने प्रमुख मेहताले दबाब पुर्ण अवस्था सृजना गरेर आर्थिक अपचलन मात्र नगरी अन्य जनप्रतिनिधिहरूलाई बाईपास समेत गरेको दावी गरे।
यता एकजना कार्यपालिका सदस्यले भने गाउँ सभा होस या पालिकाको कुनै बैठक प्रमुख मेहता आफु खुशी निर्णय गर्छन सहमति नभए बैठक स्थगित गरेर भाग्ने काम गर्छन। छठघाट सजावटका लागि रकम पनि प्रमुख मेहताको आवश्यकता अनुसार बिनियोजन गरिएको बताए। गाउँपालिकामा प्रमुख मेहताले वडाध्यक्ष वा अन्य जनप्रतिनिधिहरुसंग छलफल तथा विचार विमर्श नामको लागि मात्र गर्छन भने काम चाहिँ आफ्नै तालमा उनको गर्ने बानि रहेको जानकारी दिए।
छठघाट सजावटको लागि सबै वडामा समान रूपमा रकम वितरण हुनुपर्ने हो, तर पालिका प्रमुख मेहताले ब्यक्तिगत स्वार्थ पुर्तिका लागी आफ्नै वडाको घाट सजाउन ८ लाख छुट्याएर अरू वडाहरूलाई ३ लाखमा सीमित राख्नु सरासर अन्याय गरीएको देखिएको छ ।
पालिकामा आर्थिक अपचलन तथा प्रमुख मेहताको करतुतमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह समेत बराबरका भागिदार छन । पर्सा जिल्लामा भ्रष्टाचार र अनियमिततामा चर्चित रहेका प्रशासकिय अधिकृत साहले पालिका प्रमुख मेहतासंगको सेटिङ्गलाई अवसरको रुपमा बनाएर काम गरिरहेका छन, भने पालिका प्रमुख मेहता र प्रमुख प्रशासकिय अधिकृत साहको आपसी सहमतिले गर्दा पालिकाको आर्थिक प्रशासन प्रणाली कमजोर र राजनीतिक प्रभाव र सेटिङ्गको भरमा पालिका चलिरहेको समाचार स्रोतको दाबी छ।
यता पालिकामा बिकासको गति शुन्य छ, करिब ३ सालको कार्यकालमा अहिले सम्म पालिकामा कुनै ठोस बिकास परियोजना देखिएको छैन। गाउँ सभा अहिले पनि अन्योलमा छ विकासका कामहरू लामो समयदेखि ठप्प रहेको छ तर प्रमुख मेहताले प्रत्येक बर्ष मेलापर्व र छठघाट सजावटको लागि रकम बिनियोजन गरी धर्म र आस्थाको नाममा लाखौं रुपैयाँ अपचलन गरी रहेको देखिएको छ ।
पालिकामा गुणस्तर शिक्षाको ब्यवस्था छैन, अस्पतालमा औषधि हुदैन, तर ब्यक्तिगत स्वार्थ पुर्तिका लागि छठघाट सजावटको नाममा लाखौं रकम खर्च गर्नु जनताको पैसाको दुरुपयोग र स्थानीयको भावनाको खिल्ली उडाउदै आर्थिक अपचलनमा पालिका प्रमुख सुरेश मेहता ब्यस्त रहेको देखिएको छ।
लेखा शाखाका एक कर्मचारीका अनुसार, “प्रमुख मेहताकै निर्देशनमा हरेक वर्ष पर्वका नाममा मनपरी खर्च हुने गरेको छ। कतिपय खर्च बिलभुक्तानीका लागि पछि नक्कली कोटेसन र भरपाई पत्र बनाएर मिलान गरिन्छ भने उनले जानकारी दिए।
छठ पर्वको नाममा बजेटको यो भेदभाव र अनियमितताप्रति आम जनता निराश भएका छन, भने उनीहरूले प्रमुख मेहतामाथि निजी स्वार्थ र राजनीतिक लाभका लागि बजेट वितरणमा हेरफेर गरेको आरोप लगाएका छन ।
स्थानीय शासन ऐन, २०७४ अनुसार, गाउँपालिकाको बजेट विनियोजन र खर्च स्वीकृत गर्नका लागि पालिका परिषद्को बैठक र सबैको सम्मान सहमति आवश्यक हुन्छ। तर प्रमुख मेहताको एकलौटी निर्णयद्वारा खर्च स्वीकृत गर्नु भ्रष्टाचार नियन्त्रण ऐन अन्तर्गतको दुरुपयोग समेत भईरहेको देखिन्छ।
धार्मिक आस्था र संस्कृतिको संरक्षणका नाममा गरिने खर्च पारदर्शी र न्यायसंगत हुनुपर्छ तर पालिका प्रमुख मेहताले ‘धोरे मेला’का नाममा मात्र हरेक वर्ष लाखौं रुपैयाँ खर्च गर्छन्, तर त्यो रकम कहाँ र कसरी खर्च हुन्छ भन्ने कुनै विवरण जनतालाई सार्वजनिक गरिँदैन।
पकहॉंमैनपुर गाउँपालिकामा अहिले देखिएको प्रवृत्तिले जनविश्वास गुमाउँदै गएको छ।
अब समय छ — स्थानीय निकायहरूमा उत्तरदायित्व, पारदर्शिता र जवाफदेहीताका मापदण्ड लागू गर्ने। नत्र भने, “छठघाटको नाममा चमक–दमक” र “विकासमा अँध्यारो” भन्ने आरोप सधैं दोहोरिरहनेछ।
यस बिषयमा बुझ्न पालिका प्रमुख सुरेश मेहतालाई यो ९८०७१४१०७९ नम्बरमा सम्पर्क गर्न खोज्दा उहाँको काम जस्तै नम्बर पनि ब्यस्त, ब्यस्त आयो भने प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहसंग बुझ्न यो ९८५५०८६०३० नम्बरमा सम्पर्क गर्न खोज्दा फोन नै उठेन।

प्रतिक्रिया