विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका खगेन्द्र सुनार दुई मुद्दाका फरार अभियुक्त

580


काठमाडौं:
दलित अधिकारकर्मीको रूपमा चिनिएका खगेन्द्र सुनारमाथि गम्भीर विवाद उठेका छन्। मन्त्री बन्ने तयारीमा रहेका सुनारमाथि अदालतको अपहेलनादेखि ठगी र धम्कीसम्बन्धी दर्जनौँ उजुरीहरू दर्ता भएका खुलेको छ। यस अघि उनी कांग्रेस निकट रहेको समेत बताइएको छ ।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजकसमेत रहेका सुनारमाथि सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएकासहित विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र चरित्रहत्या गर्ने आरोप लागेको छ। अधिवक्ता मनिषा गौतमले गत वैशाख २० गते उनीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गर्नूभएको थियो । गौतमका अनुसार रुकुम पश्चिमको सोती घटनाबारे उच्च अदालत सुर्खेतले फैसला सुनाएपछि सुनारको नेतृत्वमा अदालतको गेटमै तोडफोड र नारा–जुलुस गरिएको थियो। सो घटनामा हत्या भए पनि जातीय छुवाछुत नभएको अदालतको निर्णयप्रति असन्तुष्ट रहँदै सुनारले न्यायाधीशहरूलाई सार्वजनिक रूपमा गाली गरेको र सामाजिक सञ्जालमा तस्बिर राखी अपमानजनक शब्द प्रयोग गरेको प्रमाणसमेत भेटिएको छ।त्यसपछि सुनारले अधिवक्ता गौतममाथि पनि साइबरबुलिङ गर्दै चरित्रहत्या र धम्कीपूर्ण सन्देशहरू पठाएको आरोप लागेको छ। गौतमका अनुसार, उनीविरुद्ध देशभर २३ वटा मुद्दा दर्ता भएका छन्।


सुनारको विगत पनि विवादास्पद रहेको पाइएको छ। सगरमाथा टेलिभिजनमा कार्यरत रहँदा उनी ठगी प्रकरणमा पक्राउ परी केही महिना जेल सजाय काटेका थिए। २०८१ असारमा दैलेखस्थित स्वास्थ्य संस्थामा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।


न्यायिक प्रणालीमाथि आक्रमण गर्दै ‘अदालत जलाउनुपर्छ’ भन्ने व्यक्ति मन्त्री बन्ने तयारीमा रहेको विषयले राजनीतिक र कानुनी वृत्तमा तीव्र आलोचना उत्पन्न गरेको छ। अधिवक्ता गौतमले भनिन्, “न्यायाधीशलाई गाली गर्ने र अदालत जलाउने व्यक्ति कसरी मन्त्री बन्न सक्छरु यो न्याय र नैतिकताको उपहास हो।”

सुनार नेपाली कांग्रेस पृष्ठभूमिका व्यक्ति हुन्। उनी लामो समयदेखि गणेश लामा निकट रहँदै दलित अधिकारका मुद्दामा सक्रिय देखिए पनि पछिल्ला विवादहरूले उनको चरित्र र विश्वसनीयतामाथि प्रश्न उठाएको छ। उनले सेप्टेम्वर ६ देखि ९ सम्मका फेसबुक स्टाटसहरु भने मेटाइसकेका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,504,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,567,विचार,32,विज्ञान प्रविधि,26,विश्व,78,समाचार,506,स्थानीय समाचार,299,स्वास्थ्य,44,हाइलाइट,140,
ltr
item
ekrantikhabar: कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका खगेन्द्र सुनार दुई मुद्दाका फरार अभियुक्त
कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका खगेन्द्र सुनार दुई मुद्दाका फरार अभियुक्त
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJhkKGj0CX5HyOHcS3kRtuNsRJZuY_7mUcFor9sF7wD69HGqQXmUr9B1sx7_0wl6BOX869eavAC8ysHavij13ihBj5jK9maG_VoUFWhq81Tw7f_v6jHApcGXNVWD32M_0VDbKJ6IoyjfLVkaFnauRb8_x3WRZwUZ9f7qwgxs95mwzADdt7EMmgc44Au3U6/s320/Khagendra_sunar_1.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJhkKGj0CX5HyOHcS3kRtuNsRJZuY_7mUcFor9sF7wD69HGqQXmUr9B1sx7_0wl6BOX869eavAC8ysHavij13ihBj5jK9maG_VoUFWhq81Tw7f_v6jHApcGXNVWD32M_0VDbKJ6IoyjfLVkaFnauRb8_x3WRZwUZ9f7qwgxs95mwzADdt7EMmgc44Au3U6/s72-c/Khagendra_sunar_1.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/10/blog-post_316.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/10/blog-post_316.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content