Menu

आजको मौसम

धनुषामा पूर्व वडाध्यक्ष मृत फेला

Author
ईक्रान्तिखबर डेस्क |
April 16, 2026
Featured


धनुषामा एक पूर्व वडाध्यक्ष मृत भेटिएका छन् । सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदिप महतो मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तले जानकारी दिए ।

प्रहरीका अनुसार महतोको शव बुधबार राति ११ बजे गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरको तीन नम्बरमा पुलमा फेला परेको हो । शव भेटिएको स्थलमा १०(१२ वटा बियरलगायत अन्य मादक पदार्थका खाली बोतल समेत भेटिएको बताइएको छ । मृतक महतो सामूहिक रूपमा मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘मृत्युको ठोस कारण खुल्न सकेको छैन । ठ्याक्कै भन्न सकिने अवस्था छैन । छानबिन र शव परीक्षणपछि मात्रै थाहा हुन्छ,’ प्रहरी निरीक्षक दत्तले भने । घटनास्थलमा महतोसँगै रहेका भनिएका समूह हाल फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान तथा खोजीको काम तीव्र पारिएको प्रहरी निरीक्षक दत्तले बताए । मतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा सबैला नगरपालिका–१२ को वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3