पर्सा– जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज प्रहरी निरीक्षक प्रदिप पौडेलको सक्रिय नेतृत्वपछि ग्रामीण क्षेत्रमा शान्ति सुरक्षा र सुशासनमा उल्लेखनीय सुधार आएको छ।
ईलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज प्रहरी निरीक्षक पौडेलले हिन्दूहरूको आस्थाको महान पर्व छठलाई लक्षित गरि “जनतासँग नजिक, अपराधीसँग कडा” भन्ने मूल अभियान नै सञ्चालन गर्दै ग्रामीण क्षेत्रमा हुने तस्करी, साना ठूला आपराधिक गतिविधि, अवैध कारोबार, जुवा–तास, मदिरा र घरेलु हिंसा जस्ता पराध नियन्त्रणमा कठोर कदम चलेका छन।
स्थानीय बासिन्दा, सामाजिक अगुवा र व्यवसायीहरूको भनाई अनुसार पौडेलको नेतृत्वमा प्रहरी टोलीले २४ घण्टा फिल्डमा खटिएर गस्ती, चेकिङ र सूचना संकलनमा सक्रिय भएका छन, भने ग्रामीण क्षेत्रमा शान्ति सुरक्षा र सुशासनलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना जिम्मेवारी निर्वाह गरिरहेको देखिएको छ।
प्रहरी निरीक्षक पौडेले भने “हाम्रो प्रमुख उद्देश्य जनताको सुरक्षाभाव जगाउनु हो। प्रहरी जनताको सेवक हो, डरको कारण होइन, भरोसाको कारण बन्नुपर्छ भने धारणा राखे। आफ्ना क्षेत्रमा अमनचयन कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउदै प्रहरी निरीक्षक पौडेलले विद्यालय, टोल, र सामुदायिक संस्थाहरूसँगको सहकार्यमा आफु सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने र विशेष गरी किशोरहरूलाई लागुऔषध दुरुपयोग र अनलाइन अपराधबाट टाढा राख्न छुट्टै अभियान सञ्चालन समेत गर्ने जानकारी दिएका छन।
प्रहरी निरीक्षक पौडेलले टोल विकास समिति र स्थानीय जनप्रतिनिधिहरूसँग नियमित समन्वय गरेर अमनचयन र विकासको वातावरण कायम गर्न सक्रिय देखिएका छन, भने अहिले कुनै पनि किसिमका आपराधिक घटनामा तुरुन्तै प्रहरीको उपस्थिति र ग्रामीण क्षेत्रमा प्रहरी निरीक्षक पौडेलको कार्यशैलीले प्रहरीप्रति जनविश्वास बढेको छ र क्षेत्र शान्त, सुरक्षित र अपराधमुक्त क्षेत्रको रूपमा परिचित भईरहेको अवस्था छ।

प्रतिक्रिया