$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

भारतको हिमाञ्जलमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

580


भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् ।

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । तीन जना मृतक एकै परिवारका हुन् ।

प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का यात्रु डिल्लीबहादुरलाई इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पठाइएको थियो तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको थियो ।

घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ । भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका अनुसार घटनापछि भारतीय दण्ड संहिता ९भारतीय न्याय संहिता० को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको डीएसपी सिद्धार्थ शर्माले बताएका छन् ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र मृतकका परिवारलाई खबर गरिएको प्रहरीले जनाएको छ । यसबीच, मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारसँग सरकार सधैं रहने र आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिएका छन् ।

त्यस्तै, शिक्षा मन्त्री तथा कोटखाई क्षेत्रका सांसद रोहित ठाकुरले पनि दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,655,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,701,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: भारतको हिमाञ्जलमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु
भारतको हिमाञ्जलमा गाडी दुर्घटना हुँदा ४ नेपालीको मृत्यु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhvkgRESwNwlXyAeFProQBTucZdoonN9Yh5NXjkjeP5_rHFt-6OlC1RwdxK_3xtupbGubpS1W4FcDeG0Na5_7m__oU64Ax0XqimyqsRuRE5asdgyIidJQcCFrkINg-kEnUyo4dHc6abKNR_CBMo9OJhxjIe4SwQy8rZ0XqVha8I-WG0OH1lG0vUiUg_obj6/s320/1686462837-LSpkO.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhvkgRESwNwlXyAeFProQBTucZdoonN9Yh5NXjkjeP5_rHFt-6OlC1RwdxK_3xtupbGubpS1W4FcDeG0Na5_7m__oU64Ax0XqimyqsRuRE5asdgyIidJQcCFrkINg-kEnUyo4dHc6abKNR_CBMo9OJhxjIe4SwQy8rZ0XqVha8I-WG0OH1lG0vUiUg_obj6/s72-c/1686462837-LSpkO.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_87.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_87.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content