Menu

आजको मौसम

७ करोडको ‘एजुकेसन बूस्ट’: भारतको सहयोगमा तीन तल्ले आधुनिक भवनको धमाकेदार सुरुवात

Author
Bhagwan kurmi |
April 14, 2026
Featured


पर्सा —
पर्साको पोखरिया नगरपालिका–७ स्थित महोबनी पदम माध्यमिक विद्यालयमा आधुनिक शैक्षिक पूर्वाधार विस्तारको काम सुरु भएको छ। भारत सरकारको आर्थिक सहयोगमा यहाँ नयाँ विद्यालय भवन निर्माण प्रक्रिया अघि बढाइएको हो।

करिब ७ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त तीन तल्ले भवनको मंगलबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मिना तथा पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन प्रसाद चौहानले संयुक्त रूपमा निर्माण कार्यको सुरुवात गरेका हुन्।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुने यस परियोजनामा भारत सरकारले ६ करोड ५३ लाख रुपैयाँ व्यहोर्नेछ भने बाँकी ७२ लाख रुपैयाँ पोखरिया नगरपालिकाले लगानी गर्नेछ।

नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक संरचना मजबुत हुनुका साथै विद्यार्थीहरूलाई थप व्यवस्थित र गुणस्तरीय शिक्षाको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3