$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जेन-जी आन्दोलन: वीरगञ्ज महानगरमा ११५ करोड बराबरको क्षति, घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहर

580


वीरगञ्ज-
वीरगञ्ज महानगरपालिकाको नगर परिषद्को मङ्गलवार बसेको बैठकले हालैको जेन-जी आन्दोलनका क्रममा सहिद भएका भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ । बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार हालसम्म करिब ११५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै सङ्कलन भइरहेको उल्लेख गर्दै उनले पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्याङ्क सार्वजनिक गरिने बताए । अन्य वडा र स्वास्थ्य कार्यालयहरूमा समेत भएको तोडफोड र आगजनी समेत गरेर कुल १२० देखि १२५ करोड रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको महानगर स्रोतले जनाएको छ ।

यसैबिच नगर परिषद्को बैठकले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ । सो सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाइने तयारी भएको छ । 

बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभागीय प्रमुखहरूले आ(आफ्ना सुझाव राख्दै पुनर्निर्माणको कामलाई ढिलाइ नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकले हालैको आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगर परिषद्ले गरेको उनले जानकारी दिए ।

गत सातादेखि वीरगञ्जमा जेन-जी आन्दोलनका नाममा भएको प्रदर्शन हिंसात्मक मोड लिँदै आएको थियो । यस क्रममा महानगर प्रमुख राजेशमान सिंहको निवाससहित सार्वजनिक सम्पत्तिमा आगजनी गरिएको थियो । आगलागीबाट कार्यालय कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका थिए ।

प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान सङ्कलन गरिरहेको जनाएको छ ।

नगर परिषद्को बैठकले हालको असामान्य परिस्थितिमा वीरगञ्जलाई फेरि सुचारु बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,655,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,701,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: जेन-जी आन्दोलन: वीरगञ्ज महानगरमा ११५ करोड बराबरको क्षति, घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहर
जेन-जी आन्दोलन: वीरगञ्ज महानगरमा ११५ करोड बराबरको क्षति, घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYd9dCwFfTPbvU9keT7JU8kRz8H1xNqbgPOY_U0c-pJutRFUfMjf_n-BfCDt5V1Y6ftynA4KjMLR5UvHA7ZQ3lPfKr2xggs5vzKI7wZKT1Ox3izlEhyphenhyphena0xtPqugaR26qfopmoKWdIISAVYjc7zLIym4VXaM3KZuZ45EbFq_4WW4HjC5yuwl1StMIHfY4bi/s320/birjung-mahanagarpalika.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYd9dCwFfTPbvU9keT7JU8kRz8H1xNqbgPOY_U0c-pJutRFUfMjf_n-BfCDt5V1Y6ftynA4KjMLR5UvHA7ZQ3lPfKr2xggs5vzKI7wZKT1Ox3izlEhyphenhyphena0xtPqugaR26qfopmoKWdIISAVYjc7zLIym4VXaM3KZuZ45EbFq_4WW4HjC5yuwl1StMIHfY4bi/s72-c/birjung-mahanagarpalika.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_67.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_67.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content