$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पूर्व राजा शाहले दसैंमा सर्वसाधारणलाई सार्वजनिकरूपमा टीका नलगाइदिने

580


काठमाडौं-
पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्।

‘सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ। जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’ दसैंको शुभकामना दिँदै उनले भनेका छन्, ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं। श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् ( यही हाम्रो कामना।’ 

शाहले नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको बताए। ‘हामी नेपालीहरुको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ। नवदुर्गा भवानीको पुजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान प्रदान गरिने दशै पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं।’ शुभकामना सन्देशमा भनिएको छ,‘हाम्रा पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो। यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ। कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सार्मथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्न परेको छ।’ 

हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं। बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें। अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।

शाहले सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास भएको बताएका छन्। ‘हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनो भावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ। विगतको केही समय यता देश र जनताको सर्वोत्तम हितका खाँतिर हामीले गहिरो चिन्ता, चासो तथा सङ्लो दृष्टिकोण अघि सार्दै आएको थियौं। नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ। विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्ने पर्दछ। भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ।’  शाहले भनेका छन्,‘युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य मान्यताको ख्याल राख्नै पर्दछ। युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन्। उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ। यही समयको माग हो। हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं। बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें। अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।’ 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,652,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,689,स्थानीय समाचार,322,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: पूर्व राजा शाहले दसैंमा सर्वसाधारणलाई सार्वजनिकरूपमा टीका नलगाइदिने
पूर्व राजा शाहले दसैंमा सर्वसाधारणलाई सार्वजनिकरूपमा टीका नलगाइदिने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7mPTtsq6rxbXwPXLggXeN8sbLIqWpLW-Eo63HYXR3zMcvGWDviAfYaYbeAz-cYMnXPZeshdUtiWPUpLT6WNcSnbPaew8lpH21yHARw0qO-pPXWRnM-XYq9gw5Uo7xugyhmZMgUpAwK8TPcl0pvF2Ormt9Mz3thGpbW3eFmvUfUdlrJZSxbMZ4X319EvSc/s320/IMG_9955.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7mPTtsq6rxbXwPXLggXeN8sbLIqWpLW-Eo63HYXR3zMcvGWDviAfYaYbeAz-cYMnXPZeshdUtiWPUpLT6WNcSnbPaew8lpH21yHARw0qO-pPXWRnM-XYq9gw5Uo7xugyhmZMgUpAwK8TPcl0pvF2Ormt9Mz3thGpbW3eFmvUfUdlrJZSxbMZ4X319EvSc/s72-c/IMG_9955.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/09/blog-post_203.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/09/blog-post_203.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content