वीरगञ्ज— नेकपा एमाले पर्साले जिल्ला स्तरीय बृहत कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीले सामाजिक सञ्जालमार्फत सूचना प्रकाशित गर्दै उक्त भेला २०८२ साल चैत्र २५ गते बुधबार वीरगञ्जस्थित नगर सभा गृह (टाउन हल) मा आयोजना हुने जनाएको छ।
पार्टीका अनुसार भेला बिहान १२:३० बजे सुरु हुनेछ। भेलामा जिल्लाभित्रका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्य, पालिका कमिटी, वडा कमिटीका पदाधिकारी, विभिन्न जनसंगठनका केन्द्रीय सदस्य तथा जिल्ला पदाधिकारीहरू अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।
यसैगरी पार्टीबाट निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरूलाई समेत अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ।
एमाले पर्साले संगठन सुदृढीकरण, आगामी रणनीति निर्माण तथा कार्यकर्ताबीच समन्वय बढाउने उद्देश्यले भेला आयोजना गर्न लागिएको जनाएको छ।

प्रतिक्रिया