Menu

आजको मौसम

छठ पर्वको अवसरमा युवा नेता पाण्डेद्वारा पर्सा–३ का विभिन्न छठ घाटमा दर्शन तथा स्थानीयसँग आत्मीय भेटघाट

Author
Bhagwan kurmi |
November 15, 2026
Featured

वीरगञ्ज- हिन्दु धर्मावलम्बीहरूको महान पर्व छठको पावन अवसरमा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा युवा नेता रुपेश कुमार पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न छठ घाटमा पुगेर दर्शन तथा स्थानीय जनसमुदायसँग आत्मीय भेटघाट गरेका छन।

पाण्डेले आज निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गतका पोखरीया नगरपालिका,बहुदरमाई नगरपालिका, पकहाँमैनपुर गाउँपालिका लगायतका विभिन्न स्थानमा रहेका छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने श्रद्धालु भक्तजनसँग भेटघाट गर्दै छठ पर्वको शुभकामना व्यक्त गरेका हुन।

छठ घाटमा पुग्दा स्थानीयवासी, व्रतालु तथा श्रद्धालुहरूले उनलाई आत्मीय स्वागत गरेका थिए। सो क्रममा उनले स्थानीय जनसमुदायसँग सुखदुःख, स्थानीय समस्या, विकास निर्माण तथा क्षेत्रको समग्र समृद्धिका विषयमा समेत कुराकानी गरेका थिए।

युवा नेता पाण्डेले छठ पर्वले समाजमा आपसी सद्भाव, सामाजिक एकता, भाइचारा र सहिष्णुताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै सबै धर्म, समुदाय र वर्गबीच एकता कायम राख्नुपर्नेमा जोड दिएका थिए।

पछिल्लो समय पर्सा–३ मा युवामाझ परिवर्तनको सम्भावकका रूपमा परिचित पाण्डेको छठ पर्वको अवसरमा गरिएको यो क्षेत्रव्यापी भेटघाटलाई स्थानीय जनतासँगको सम्बन्ध र आत्मीयता थप मजबुत बनाएको छ।

उनले छठी मातासँग सम्पूर्ण क्षेत्रवासीको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उज्ज्वल भविष्यको कामना समेत गरेका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3