Menu

आजको मौसम

पर्सा प्रहरीभित्रै हुण्डी काण्डको तरंग ! दुई असई फन्दामा, १६ लाखको रहस्य खोज्दै एसपी भट्टराई

Author
Bhagwan kurmi |
November 11, 2026
Featured

वीरगञ्ज: पर्सामा हुण्डी कारोबार नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको प्रहरी संगठनकै दुई प्रहरी सहायक निरीक्षक (असई) हुण्डी कारोबारको रकमसँग जोडिएको घटनामा मुछिएपछि पर्सा प्रहरीभित्रै तरंग उत्पन्न भएको छ।

प्राप्त स्रोतका अनुसार मंगलबार राति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पावन कुमार भट्टराईले प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक सम्शुदिन अंसारी र पर्यटन प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक सन्दिप कुमार साहलाई नियन्त्रणमा लिएका हुन।

स्रोतको दाबीअनुसार उनीहरूबाट हुण्डी कारोबारसँग सम्बन्धित १६ लाख रुपैयाँ नगदसमेत फेला परेको थियो। रकमसहित नियन्त्रणमा लिइएका दुवै प्रहरीलाई हतकडी लगाएर हिरासतमा लिएको दाबीसमेत गरिएको छ।

हुण्डी कारोबारी समात्नुपर्ने प्रहरी नै शंकाको घेरामा!

हुण्डी कारोबार गैरकानुनी आर्थिक गतिविधि हो। यस्तो कारोबार नियन्त्रण गर्ने जिम्मेवारी बोकेका प्रहरी कर्मचारी नै कथित रूपमा हुण्डीको रकमसँग जोडिएको घटनामा मुछिनु सामान्य विषय होइन। प्रहरी कर्मचारीले हुण्डी कारोबारीलाई नियन्त्रणमा लिनुको सट्टा आर्थिक प्रलोभनमा परेर कारोबारलाई संरक्षण गरेको पुष्टि भएमा त्यो केवल व्यक्तिगत अनुशासनहीनता नभई प्रहरी संगठनको विश्वसनीयतामाथिकै गम्भीर प्रहार हो।

डीएसपी मल्लको प्रतिक्रिया : अनुसन्धानका लागि उपस्थित गराइएको छ?

घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लसँग प्रतिक्रिया माग्दा उनले विशेष सूचना प्राप्त भएको स्वीकार गर्दै घटनास्थलमा केही फेला नपरेको बताएका छन। उनले दुवै प्रहरी सहायक निरीक्षकलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराई सोधपुछ भइरहेको जानकारी दिए।

तर प्रहरी प्रवक्ताको यो प्रतिक्रियाले घटनाबारे उठेका सबै प्रश्नको जवाफ दिएको छैन। यदि घटनास्थलमा केही फेला परेको थिएन भने दुई प्रहरी कर्मचारीलाई अनुसन्धानका लागि किन उपस्थित गराइयो? उनीहरूविरुद्ध प्राप्त सूचना के थियो? कथित १६ लाख रुपैयाँको विषय के हो? यी प्रश्नको स्पष्ट जवाफ सार्वजनिक हुन आवश्यक छ।

घटना दबाउन आर्थिक चलखेल भएको हो कि, सुचनामा किन ढिलाई?

यस घटनालाई लिएर अर्को गम्भीर आशंकासमेत सार्वजनिक भएको छ। नाम नखुलाउने सर्तमा एक प्रहरी कर्मचारीले अनुसन्धान प्रक्रियालाई भित्री रूपमा आर्थिक चलखेलमार्फत प्रभावित पार्ने र घटनालाई दबाउने प्रयास भइरहेको दाबी गरेका छन।

सामान्य नागरिक पक्राउ पर्दा तत्काल प्रेस विज्ञप्ति र सार्वजनिक सूचना जारी गर्ने प्रहरी प्रशासन आफ्नै संगठनका कर्मचारीमाथि गम्भीर आरोप लाग्दा किन स्पष्ट जानकारी दिन हिच्किचाइरहेका छन? पर्सा प्रहरीको कार्यशैलीमाथि अहिले सबैभन्दा गम्भीर प्रश्न यही बनेको छ, भने यस्ता कृयाकलापले अनुसन्धानलाई भित्री रुपमा प्रभावित पार्ने काम भईरहेको छ भने पुष्टि हुन्छ।

एसपी पवन कुमार भट्टराईले थालेको एक्सन निष्पक्ष अनुसन्धान र संगठनभित्रको शुद्धीकरणसम्म पुग्छ कि घटनालाई आन्तरिक रूपमा मिलाएर सामसुम पारिन्छ, भने चासोको विषय बनेको छ। अहिले अवस्था प्रहरी संगठनभित्रै आर्थिक चलखेल र सम्भावित संरक्षणको जालो छ कि छैन भन्ने प्रश्नमा केन्द्रित भएको छ।

अब जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको वास्तविकता, १६ लाख रुपैयाँको स्रोत र दुवै प्रहरी कर्मचारीको भूमिकाबारे पारदर्शी रूपमा तथ्य सार्वजनिक गर्न आवश्यक देखिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3