विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त

580


रामपुर, फागुन २६
। खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घर–घरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् । एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउनुुहुन्छ । उहाँले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाउनुभएको छ ।

‘शनिबार र आइतबार दुई दिनसम्म १६र१७ जनाले आलु खन्ने काम भएको छ’, उहाँले भन्नुभयो,‘एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।’ उहाँले यस पटक चार क्विन्टल आलु लगाउनुभएको छ । उत्पादन राम्रै भएकाले आलुखेतीबाट उत्साहित हुनुहुन्छ । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उहाँको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गर्नुभएका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आउनुभएको छ । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उहाँले बताउनुभयो ।

‘आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन्, यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन’, उहाँले भन्नुभयो । उहाँले खुमलटार रातो जातको आलु लगाउनुभएको छ । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उहाँ बताउनुहुन्छ ।

पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्नुहुन्थ्यो । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थाल्नुभएको छ । रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उहाँले व्यावसायिक उत्पादनमा जोड दिनुभएको हो । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताउनुभयो । आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उहाँको भनाइ छ ।

अहिले सबैका घर(घरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् । यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ ।

रामपुर–६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहनुभएको छ । उहाँले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राख्नुभएको छ । रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् । रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,516,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,604,विचार,32,विज्ञान प्रविधि,26,विश्व,82,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhetQa8goXTN_fspcXtVcMRmgVUQLDoGJTjfXwXQuEUdYPjGQbXTK1OIOf_N68WJPMKquOAbjnDfC972B3UATrZVDif_e4H3PnKFREeaUf169bH07TUIuXRmuY6YQIOKN_sep9zbAhTywK-N8F__Jp9UnJprVzut3zN9zpHy5Ue9LfrNjVertEkM6L3OVWS/s320/alu-khandai-palpa-scaled.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhetQa8goXTN_fspcXtVcMRmgVUQLDoGJTjfXwXQuEUdYPjGQbXTK1OIOf_N68WJPMKquOAbjnDfC972B3UATrZVDif_e4H3PnKFREeaUf169bH07TUIuXRmuY6YQIOKN_sep9zbAhTywK-N8F__Jp9UnJprVzut3zN9zpHy5Ue9LfrNjVertEkM6L3OVWS/s72-c/alu-khandai-palpa-scaled.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/03/blog-post_84.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/03/blog-post_84.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content