$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

एक चुनाव वा एउटा हारले एमाले समाप्त हुँदैन,पार्टीभित्र रुपान्तरण आवश्यक छः श्याम बन्जारा

580

वीरगञ्ज- नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले कुनै एउटा चुनाव वा एकपटकको हारले नेकपा एमालेजस्तो ऐतिहासिक र जनआधारित पार्टी समाप्त नहुने बताएका छन् । कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले पर्सा जिल्ला कमिटीद्वारा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले एमाले अझै पनि देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित रहेको उल्लेख गरे ।

उनले पार्टीभित्र पछिल्लो समय देखिएका चुनौती, अन्तरविरोध र संगठनात्मक कमजोरीलाई स्वीकार गर्दै अब एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । बन्जाराले पार्टीलाई समयअनुसार अघि बढाउन पुस्तान्तरण, नेतृत्व हस्तान्तरण तथा संगठनात्मक रुपान्तरण अपरिहार्य रहेको बताए ।

उनले केही सीमित नेताहरूले पार्टीलाई निजी कम्पनीजस्तै सञ्चालन गर्ने प्रवृत्तिका कारण संगठन कमजोर बन्दै गएको आरोप लगाए । “पार्टी कुनै व्यक्तिको प्राइभेट लिमिटेड कम्पनी होइन, यो लाखौँ कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट बनेको संगठन हो,” उनले भने, “यदि अझै पनि नेतृत्व तह समयअनुसार परिवर्तन हुन तयार भएन भने पार्टीलाई थप क्षति पुग्न सक्छ ।”

बन्जाराले एमालेभित्र नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने आवश्यकता औंल्याउँदै पुराना नेतृत्वले अनुभव हस्तान्तरण गर्दै युवापुस्तालाई अगाडि ल्याउनुपर्ने धारणा राखे । उनले संगठनलाई जनतासँग प्रत्यक्ष जोड्न नसकिए राजनीतिक रूपमा चुनौती थप बढ्न सक्ने चेतावनीसमेत दिए ।

उनका अनुसार एमालेले विगतमा राष्ट्रिय राजनीति, लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको अधिकार स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको इतिहास बोकेको पार्टी भएकाले यसलाई अझ सशक्त बनाउन सबै नेता–कार्यकर्ता एकजुट हुन आवश्यक छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मनमोहन नगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रम जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजाराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका नेता, जनवर्गीय संगठनका प्रतिनिधि, स्थानीय अगुवा तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान राजनीतिक परिस्थिति, पार्टी सुदृढीकरण अभियान, संगठन विस्तार तथा आगामी दिनमा एमालेले अपनाउनुपर्ने रणनीतिबारे समेत व्यापक छलफल गरिएको थियो । सहभागी नेताहरूले पार्टीलाई थप सशक्त, अनुशासित र जनमुखी बनाउँदै राष्ट्रिय राजनीतिमा पुनः निर्णायक शक्तिका रूपमा स्थापित गर्न सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय बन्न आह्वान गरेका थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,656,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,702,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: एक चुनाव वा एउटा हारले एमाले समाप्त हुँदैन,पार्टीभित्र रुपान्तरण आवश्यक छः श्याम बन्जारा
एक चुनाव वा एउटा हारले एमाले समाप्त हुँदैन,पार्टीभित्र रुपान्तरण आवश्यक छः श्याम बन्जारा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3XfwRZc7_2FyDeE72PlSPFWGcpP8IgiC1RGY25NXxg6KZHFEcuwYGEKmPRSiM4avKXubn2a3DEr4nyqhMYSWFG2oNj0gb-vB7XVjJ1nVOAxwLMuhPC8mhSvKx2dkQQvYc3sOQ0MfivY9bhPs8Sz3px8DxHLMN5U5t2cmhhe_JDpxoqLrYDfpv01Y-Rej8/s320/WhatsApp%20Image%202026-04-22%20at%2015.28.57.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg3XfwRZc7_2FyDeE72PlSPFWGcpP8IgiC1RGY25NXxg6KZHFEcuwYGEKmPRSiM4avKXubn2a3DEr4nyqhMYSWFG2oNj0gb-vB7XVjJ1nVOAxwLMuhPC8mhSvKx2dkQQvYc3sOQ0MfivY9bhPs8Sz3px8DxHLMN5U5t2cmhhe_JDpxoqLrYDfpv01Y-Rej8/s72-c/WhatsApp%20Image%202026-04-22%20at%2015.28.57.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/04/blog-post_51.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/04/blog-post_51.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content