गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० लाई राजीनामा बुझाउनुभएको हो ।
उहाँले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नुभएको थियो। सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनुभएको थियो ।
सुरुवाती दिनमा उच्च नेताहरु तथा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नुभएको थियो ।
प्रतिक्रिया