Menu

आजको मौसम

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीविरुद्ध उजुरी

Author
ईक्रान्तिखबर डेस्क |
October 28, 2026
Featured

राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा यस्तो सिफारिस भएको हो ।

रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीमा परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा फर्वाड गरिएको हो ।

‘सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा प्राप्त उजुरीमा कानुनी कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बुर्लाकोटीका अनुसार तीनै जना कर्मचारी काठमाडौंका हुन् । उनले संस्थान र ती कर्मचारीको नाम भने खुलाएका छैनन । पार्टीमा विगतमा पनि यस्ता उजुरी परेका थिए । यस्तोमा उजुरीबारे सम्बन्धित व्यक्तिसँग बुझ्ने र निर्णय लिन दिने गरिएको छ ।

एक जना वाणिज्य बैंकका कर्मचारीले रास्वपामै जिम्मेवारी लिएका थिए । यससम्बन्धी पार्टीमा उजुरी परेपछि रास्वपाले कि राजनीतिक कि जागिर रोज्न सुझाएको थियो । ‘उहाँ जागीर छोडेर राजनीतिमै रहनुभयो,’ बुर्लाकोटी भन्छन्, ‘हामी प्रष्ट छौं, सरकारी कर्मचारीले राजनीतिक दलमा जिम्मेवारी लिनु हुँदैन ।’

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3