विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

580


त्रिशूली, फागुन २६
। नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ श्ययाको अन्तरङ्ग सेवा (अस्पताल) सञ्चालनमा आएको छ । स्थापनाको करिब तीन दशकसम्म बहिरङ्ग (ओपिडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा आइतबारदेखि सुरु गरेको २५ श्ययाको अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शुभारम्भ गर्नुभयो । अस्पतालको सेवा विस्तारलाई नियमित बनाउन चुनौती भएकाले विश्वसनीय सञ्चालनका लागि सेवा प्रवाहमा खटिन उहाँले दिनुभयो ।

‘आयुर्वेदिक सेवा मानिसले रोगले आक्रमण गर्न सुरु गदाको बखतमा लिनुपर्नेमा स्वास्थ्य अवस्था निकै कमजोर भएर अन्यत्र उपचार नभएर निराश भएपछि मात्र आउने गरेको पाएको छु’, उहाँले भन्नुभयो,‘प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलगायतका सेवा विस्तार गरेर पुर्याउँदै आएको सहयोगका सेवालाई प्रचारप्रसारमा जोड दिएर लक्षित वर्गसम्म पु¥याउन लाग्नुहोस् । बिरामीको माग र सेवाग्राहीको चापअनुसार थप सेवा वृद्धि गर्दै लैजानेछौँ ।’

चिकित्सालयमा अस्पतालको सेवा शुभारम्भको क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चिकित्सालयले आफूलाई चाहिने आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिनुभयो । अस्पताललाई चाहिने भौतिक संरचना, जनशक्ति, उपकरण सहितको सेवा उपलब्ध रहेकाले बिरामीलाई आयुर्वेद सेवामा आकर्षण गर्नतर्फ लाग्न उहाँले निर्देशन दिनुभयो ।

यसअघि बिरामीको स्वास्थ्य जाँच एवं परीक्षणको आधारमा औषधि उपलब्ध गराउँदै आएको चिकित्सालयले अब बिरामीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै रसुवा र नुवाकोटको सेवाग्राही बिरामीलाई यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने कार्यालयका प्रमुख डा। नरेन्द्रप्रसाद गिरीले जानकारी दिनुभयो । उहाँको अनुसार चिकित्सालयबाट बिशेषज्ञ चिकित्सकसहित विषयगत प्राविधिक ९स्वास्थ्यकर्मी० मार्फत बिरामी परीक्षण, पञ्चकर्मरपूर्वकर्म थेरापी, योग, प्राणायम, जीवनशैली व्यवस्थापन, अकुपञ्चर, प्याथोलोजी ल्याब, निःशुल्क र सशुल्क फार्मेसीलगायतको आयुर्वेद उपचारको सेवा प्रवाह सञ्चालनमा छ ।

बागमती प्रदेश सरकारको नवीनतम कार्यको रुपमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन, छ महिनासम्मका सुत्केरी लक्षित दुग्धवद्र्धक औषधि वितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, श्वासप्रश्वासजन्य रोगको परीक्षण, मानसिक रोग निराकरणसम्बन्धी परामर्शले आयुर्वेद उपचारको सेवा जनस्तरसम्म विस्तार गरिएको छ । कोभिड–१९ को महामारीको समयमा आयुर्वेद औषधालयको सेवा प्रवाह निकै प्रभावकारी भएसँगै त्यसपश्चात् बिरामीको चाप वृद्धि हुँदै आएको चिकित्सालयले जनाएको छ । नुवाकोट, रसुवा धादिङ सहित आसपासका जिल्लाबाट हाल दैनिक एकसय बिरामीले बहिरङ्ग सेवा लिँदै आएकाले अन्तरङ्ग सेवा विस्तारले यो दर अझै धेरै वृद्धि हुने लक्ष्य लिएको छ ।

JANATA–TIMES

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,516,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,604,विचार,32,विज्ञान प्रविधि,26,विश्व,82,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: आयुर्वेद चिकित्सालयमा सेवा विस्तार
आयुर्वेद चिकित्सालयमा सेवा विस्तार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiZCZGwmHEDf6po4-ckb0FlKR8CVV485P4zG2VphJfHd3rClSbrpf3hZsPUESeSANXtqNCvukaRrZAzC3Mv7QfF5OOFF1GuJTMRv-4kxxxSBv12QFhKKfI4KjeaiczCub5XuDpVnRJSvyCSVcsYY26Mgvub6mRJEeP5QDfeXo1Kz3QJYFMSzQsmrLD5cKw2/s320/Aayurbedik-Hospital--scaled.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiZCZGwmHEDf6po4-ckb0FlKR8CVV485P4zG2VphJfHd3rClSbrpf3hZsPUESeSANXtqNCvukaRrZAzC3Mv7QfF5OOFF1GuJTMRv-4kxxxSBv12QFhKKfI4KjeaiczCub5XuDpVnRJSvyCSVcsYY26Mgvub6mRJEeP5QDfeXo1Kz3QJYFMSzQsmrLD5cKw2/s72-c/Aayurbedik-Hospital--scaled.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/03/blog-post_43.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/03/blog-post_43.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content