Menu

आजको मौसम

बाढी प्रभावित क्षेत्रमा झाडापखाला हैजाको जोखिम बढ्यो

Author
ईक्रान्तिखबर डेस्क |
September 07, 2026
Featured

बाढी प्रभावित क्षेत्रमा झाडापखाला देखिएको छ । बाढी प्रभावितलाई राखिएका नुवाकोट र रसुवाका केही होल्डिङ सेन्टरमा झाडापखाला देखिएको छ ।

होल्डिङ सेन्टरमा झाडापखाला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको २१ हजार खोप र एक हजारभन्दा बढी प्याकेट जीवनजल पनि पठाएको छ। 

ती क्षेत्रमा हैजासमेत फैलिन सक्ने जोखिम देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले २१ हजार डोज हैजाविरुद्धको खोप र एक हजार प्याकेट जीवनजल पठाएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटको विदुर नगरपालिका– ३, रणभुवनेश्वरी माविमा राखिएका करिब एक सय बाढीपीडितमध्ये तीनजनामा झाडापखाला देखिएको छ ।

नुवाकोटको विदुर ७ कै लाइब्रेरी र स्वास्थ्यचौकी भवनमा बसेका चारजनामा पनि प्रकोप देखिएको छ । सो सेण्टरमा २५० जना बाढीपीडित बसिरहेका छन् ।

त्यस्तै, रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा राखिएका १८३ जनामध्ये तीनजनामा झाडापखाला देखिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3