कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक शिक्षण प्रणालीको विकास, भौतिक पूर्वाधार विस्तार, दक्ष शिक्षक तथा जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री सिकाइ वातावरण निर्माण र विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा विद्यालयमा कक्षा १ देखि ३ सम्म English Medium कक्षा सञ्चालन गर्ने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउने सहमति भएको छ। स्थानीय स्तरमै आधुनिक तथा प्रतिस्पर्धी शिक्षा उपलब्ध गराई विद्यार्थीलाई गुणस्तरीय शैक्षिक अवसर प्रदान गर्ने लक्ष्यका साथ यो योजना अघि सारिएको सहभागीहरूले बताएका छन।
यसैगरी, विद्यालयमा स्नातक तहसम्मको अध्ययन–अध्यापन सञ्चालन गर्ने दीर्घकालीन योजना तयार गरी आवश्यक पूर्वाधार, जनशक्ति र शैक्षिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले कुनै पनि विद्यालयको सफलता समुदाय, अभिभावक, शिक्षक, व्यवस्थापन समिति, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीचको सहकार्यमा निर्भर रहने उल्लेख गर्दै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
सहभागीहरूले श्री रामचरित्र भगत माध्यमिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री, अनुशासित तथा प्रतिस्पर्धी शिक्षाको केन्द्रका रूपमा विकास गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन।
उक्त छलफल कार्यक्रमले विद्यालयको दीर्घकालीन शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको विस्तार तथा नमुना विद्यालय निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
