$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नेशनल मेडिकल कलेजद्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न

580


नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत आयोजना गरिएको थियो।

स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम बिहान ६:३० बजेबाट सुरु भई ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल (APF) १३ गणका एसपी श्री मोहन बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा बीरगंज आर्मी ब्यारेक प्रमुख लोकेन्द्र कार्की,अतिथि जिल्ला ट्राफिक प्रमुख सहित पर्सा खेलकुद विकास समितिका रेफ्री विशेश्वर पटेलको सहभागिता रहेको थियो।

कार्यक्रमलाई थप गरिमा प्रदान गर्दै एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर श्री अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो। साथै मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

म्याराथनलाई सुरक्षित तथा व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेष्वर पटेलद्वारा वार्मअप तथा सुरक्षा निर्देशन प्रदान गरिएको थियो। सहभागीहरूको सुरक्षालाई प्राथमिकता दिँदै एस्कर्ट टोली, ट्राफिक समन्वय तथा एम्बुलेन्स सेवा (चलायमान तथा स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको थियो।

म्याराथन मार्गका विभिन्न स्थानहरूमा स्थापना गरिएका सहायता केन्द्रहरूबाट सहभागीहरूलाई प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो।

कार्यक्रमको अन्त्य NMCTH (गोलम्बर नं. २ – बास्केटबल कोर्ट) मा भई समापन तथा पदक वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय भएका थिए भने महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय भएका थिए। यसैगरी फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय तथा डा. आदित्य राज तृतीय भएका थिए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय भएका थिए।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,652,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,689,स्थानीय समाचार,322,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: नेशनल मेडिकल कलेजद्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न
नेशनल मेडिकल कलेजद्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiiaW9guYZqjyzloHoWq1NuTRUk09ZzCTP1E_a8wRrGgXimzRfDosDQw_RrwgxT5zP-4Y8lNs-Dnn0nxcfUTwBD_iVMtr9rIF1BzbEbAdLlTQGJ_XpDAlRRzwR1sHOsyZW_VGVK5_Cc88J5xiATlf3gRsMVBICbmqf1vZKdCsoGUVNbGg-6vXCcM7Kz_ewy/s320/1000116822.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiiaW9guYZqjyzloHoWq1NuTRUk09ZzCTP1E_a8wRrGgXimzRfDosDQw_RrwgxT5zP-4Y8lNs-Dnn0nxcfUTwBD_iVMtr9rIF1BzbEbAdLlTQGJ_XpDAlRRzwR1sHOsyZW_VGVK5_Cc88J5xiATlf3gRsMVBICbmqf1vZKdCsoGUVNbGg-6vXCcM7Kz_ewy/s72-c/1000116822.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/04/run-for-health-run-for-life.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/04/run-for-health-run-for-life.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content