Menu

आजको मौसम

डुबानमा जनता, मौन वडाध्यक्ष! मुकुट चौहानमाथि सेवाप्रवाहदेखि कमिसनसम्मका गम्भीर आरोप

Author
Bhagwan kurmi |
July 20, 2026
Featured

संकेतिक तस्विर 
पर्साको पकहाँमैनपुर गाउँपालिका–२ का वडाध्यक्ष मुकुट प्रसाद चौहानमाथि कार्यालयीय जिम्मेवारीप्रति गम्भीर लापरवाही गरेको आरोप स्थानीयवासीले लगाएका छन। कार्यालय समयमा नियमित रूपमा अनुपस्थित रहने, सेवाग्राहीलाई समयमै सेवा नदिने र जनताको समस्याप्रति उदासीन बनेको भन्दै वडाध्यक्ष चौहानविरुद्ध स्थानीयको असन्तुष्टि दिनप्रतिदिन चुलिँदै गएको छ।

स्थानीयका अनुसार वडाध्यक्ष चौहान कार्यालयमा केहीबेर मात्र उपस्थित भएर दिनभर व्यक्तिगत काममा व्यस्त हुने गरेका कारण सामान्य सिफारिस, प्रमाणपत्र तथा अन्य प्रशासनिक सेवा लिन आउने नागरिकले घण्टौँ कुर्नुपर्ने र पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था सिर्जना भएको छ। जनप्रतिनिधिको जिम्मेवारीभन्दा व्यक्तिगत कामलाई प्राथमिकता दिएको आरोप स्थानीयले लगाएका छन।

नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, "कार्यालयमा केही समय आएर हाजिरीजस्तै गर्ने अनि दिनभर सम्पर्कविहीन हुने प्रवृत्ति सामान्य भइसकेको छ। जनताले दुःख पाउँदा पनि उहाँलाई कुनै चासो देखिँदैन।"

स्थानीय स्रोतले वडाध्यक्ष चौहान कार्यालयमा उपस्थित हुँदा पनि कार्यालय परिसरभित्र चुरोट तथा गुट्खा सेवन गर्ने गरेको आरोप लगाएको छ। यदि यस्तो व्यवहार भएको हो भने, सार्वजनिक पदको मर्यादा र कार्यालयीय अनुशासनमाथि नै प्रश्न उठ्न थालेको छ ।

वडाध्यक्ष चौहान कार्यालयीय कामभन्दा स्थानीय ठेकेदारसँग बढी समय बिताउने तथा योजना कार्यान्वयनमा सेटिङ मिलाउन बिचौलियाको भुमिका निर्वाह गर्ने गरेको सामाचार स्रोतको दाबी छ।

बाढी र खेती योग्य जमिन डुबानमा रहेका कारण जनता त्रासमा छन, पिडा भोगिरहेका दर्जनौं स्थानीयलाई गुमराह गरी आफु ब्यक्तिगत स्वार्थ पुर्तिमा वडाध्यक्ष चौहानले ठेकेदारसंग बजेट बार्गेनीङ र कमिसन तन्त्रमा लागी परेको स्थानीय स्रोतले जनाएको छ। 

अहिलेको वर्षायाममा वडा नम्बर–२ का दर्जनौँ घर तथा करिब ५० बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको भन्दै स्थानीयले समयमै आवश्यक पहल नगरेको आरोप वडाध्यक्ष चौहानमाथि लगाएका छन। डुबानबाट प्रभावित नागरिकले आफूहरू समस्यामा परिरहँदा जनप्रतिनिधि मौन बसेको गुनासो गरेका छन।

पकहॉंमैनपुर गाउँपालिकाको वडा नम्बर - २मा अहिले जनताको दुःख, सेवा प्रवाह र विकास निर्माणभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिइएको अनुभूति भइरहेको छ। गाउँपालिका नेतृत्व तथा सम्बन्धित निकायसँग वडाध्यक्ष चौहानमाथि उठेका गुनासोको निष्पक्ष छानबिन गर्न, सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्न र वास्तविकता सार्वजनिक गर्न स्थानीयले मांग समेत गरेका छन ।

यस विषयमा वडाध्यक्ष मुकुट प्रसाद चौहानको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। प्रतिक्रिया लिन खोज्दा उहाँको फोन नै  लागेन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3