यसैक्रममा पकहाॅंमैनपुर गाउँपालिकामा युवा नेता तथा सामाजिक अभियन्ताको सक्रियता चर्चा र बहसको केन्द्र बन्दै गएको छ। गाउँपालिका अध्यक्ष पदका सम्भावित प्रत्याशीका रूपमा रहेका अकलेश कुमार साह पछिल्ला दिनहरूमा गाउँ–गाउँ पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने अभियानमा सक्रिय देखिएका छन।
स्थानीयवासीका अनुसार साहले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक तथा आधारभूत पूर्वाधारका विषयलाई प्राथमिकतामा राख्दै युवाको सहभागिता बढाउने एजेन्डा अघि सारेका छन। जनताको सुख–दुःखमा उपस्थित हुने, स्थानीय आवश्यकता सुन्ने र विकास तथा समृद्धिको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने शैलीका कारण उनीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको बताइन्छ।
पकहॉंमैनपुरमा यसपटक परम्परागत राजनीतिक समीकरणभन्दा पनि कार्यशैली, पहुँच र जनसम्पर्कले बढी प्रभाव पार्ने संकेत देखिएको छ। यही सन्दर्भमा “मिशन ०८४” लाई लक्ष्य बनाएर अघि बढिरहेका साहको सक्रियताले गाउँपालिकाको राजनीतिक वातावरण अहिले नै तातेको छ।
युवा पुस्ताबाट उनलाई उल्लेखनीय साथ मिलिरहेको देखिएको छ। स्थानीय युवाहरूले “जनताको आवाज बुझ्ने नेतृत्व”, “युवाको भविष्य सुनिश्चित गर्ने नेतृत्व” र “विकासमुखी नेतृत्व” को आवश्यकता रहेको भन्दै साहप्रति समर्थन व्यक्त गर्न थालेका छन। धेरैले उनलाई पकहाॅंमैनपुरको वैकल्पिक नेतृत्वका रूपमा समेत हेर्न थालेका छन।
साह निकट स्रोतका अनुसार आगामी दिनमा वडा–वडामा संवाद कार्यक्रम, विकास सम्बन्धी सुझाव संकलन र जनसहभागितामूलक अभियानलाई थप तीव्र बनाइने तयारी छ।
यद्यपि निर्वाचनको औपचारिक घोषणा हुन बाँकी रहेकाले अन्तिम राजनीतिक समीकरण कस्तो बन्छ भन्ने आगामी दिनले तय गर्नेछ। तर वर्तमान अवस्थामा भने पकहाॅंमैनपुर गाउँपालिकामा युवा नेता साहको पक्षमा जनचासो र समर्थन क्रमशः बढ्दै गएको स्पष्ट संकेत देखिएको छ।
“जनताको साथ — अकलेश कुमार साहको नेतृत्व” भन्ने नारासहित अघि बढिरहेको यो अभियानले स्थानीय राजनीतिमा नयाँ बहस सुरु गरेको स्थानीयवासी बताउँछन।
