Menu

आजको मौसम

पालिका अध्यक्ष सुरेश मेहताको प्रश्न: 'एकता नभएसम्म विकास सम्भव छैन

Author
Bhagwan kurmi |
July 25, 2026
Featured

पर्साको पकहाँमैनपुर गाउँपालिकामा विकासले अपेक्षित गति लिन नसकेको विषयमा गाउँपालिका अध्यक्ष सुरेश मेहताले नै सार्वजनिक रूपमा गम्भीर स्वीकारोक्ति गरेका छन। गाउँपालिकाभित्र निर्वाचित जनप्रतिनिधिहरूबीच आपसी एकता, साझा दृष्टिकोण र सहमतिको अभावका कारण विकासका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनले बताएका हुन।

श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मेहताले जनप्रतिनिधिहरूबीच आवश्यक समन्वय र एकबद्धता नहुँदा गाउँपालिकाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको धारणा राखे।

उनको यो अभिव्यक्तिलाई गाउँपालिकाको नेतृत्व र जनप्रतिनिधिहरूको कार्यशैलीप्रतिको गम्भीर प्रश्नका रूपमा हेरिएको छ। जनताले विकास, सुशासन र सेवा प्रवाहको अपेक्षासहित जनप्रतिनिधि चुने पनि आपसी मतभेद, समन्वयको कमी र साझा प्रतिबद्धताको अभावले विकास योजनाहरू प्रभावित भएको संकेत अध्यक्षकै भनाइबाट देखिन्छ।

स्थानीयवासीले पनि लामो समयदेखि गाउँपालिकामा विकास निर्माणका काम सुस्त रहेको, निर्णय प्रक्रियामा प्रभावकारी समन्वय नदेखिएको तथा जनप्रतिनिधिहरू जनअपेक्षाअनुसार परिणाम दिन असफल भएको गुनासो गर्दै आएका छन।

 निर्वाचित जनप्रतिनिधिहरू नै साझा लक्ष्यमा एकमत हुन नसक्ने हो भने त्यसको प्रत्यक्ष असर विकास, सेवा प्रवाह र जनविश्वासमा पर्छ। विकासको जिम्मेवारी एकअर्कामाथि थोपर्नेभन्दा पनि जनप्रतिनिधिहरूले आत्मसमीक्षा गर्दै सहकार्य र उत्तरदायित्वका साथ काम गर्नु आवश्यक रहेको देखिन्छ। 

अध्यक्ष मेहताको सार्वजनिक स्वीकारोक्तिपछि अब गाउँपालिकाका जनप्रतिनिधिहरूले आपसी मतभेद अन्त्य गरी विकासलाई प्राथमिकता दिनेछन, कि पुरानै विवाद र असहमतिले गाउँपालिकालाई पछाडि धकेलिरहन्छ भन्ने प्रश्न थप गम्भीर रूपमा उठेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3