$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

अमेरिका र इरानबीच ऐतिहासिक सम्झौता, होर्मुज खोल्न दुबैको पक्ष सहमत

580

विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मोज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुनसक्ने पुष्टि गरेका हुन्।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सरकारी टेलिभिजनमार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै भने, ‘हाम्रो वार्ताको अन्तिम चरण पूरा हुनेवित्तिकै यो सम्झौतामा हस्ताक्षर गरी घोषणा गरिनेछ। यो आगामी केही दिनभित्रै हुनसक्छ। म निकै आशावादी छु।’ यसअघि अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा शुक्रबार नै गरेका थिए। अहिले इरानले पनि त्यसको पुष्टि गरेको हो।

यो युद्ध गत फेब्रुअरी २८ मा अमेरिका र इजराइलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणबाट शुरू भएको थियो। त्यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि हमला गर्नुका साथै विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने मुख्य जलमार्ग हर्मोज ठप्प पारेको थियो। गत अप्रिलमा युद्धविरामको सहमति भए पनि दुवै देशबीच छिटपुट आक्रमणहरू जारी थिए, जसमा यसै साता भएका दुई चरणका जवाफी हमलाहरू समेत सामेल छन्।

ट्रम्पले वार्ताकारहरूले ‘एउटा ठुलो र उत्कृष्ट सहमति’ गरिसकेकाले इरानमाथि गर्ने भनिएका ‘नियोजित आक्रमणहरू’ आफूले रद्द गरिदिएको खुलासा गरेका थिए। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पनि अमेरिका र इरानबीच समझदारी पत्रको खाका तयार भइसकेको र अब अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका छन्।

सम्झौताका मुख्य बुँदा र सर्तहरू

अमेरिकी अधिकारीहरूले पत्रकारहरूलाई दिएको विस्तृत जानकारी अनुसार यो सम्झौता विश्वास वा आश्वासनमा नभई ‘कामको परिणाम’मा आधारित हुनेछ। इरानले आफ्ना प्रतिबद्धताहरू पूरा गरेपछि मात्र आर्थिक सुविधाहरू पाउनेछ।

इरानले हर्मोज पूर्ण रूपमा खुला गर्नेछ भने त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाह र जहाजहरूमाथि लगाएको नौसैनिक नाकाबन्दी तत्काल हटाउनेछ।

समझदारी पत्रमा हस्ताक्षर भएलगत्तै ६० दिनको प्राविधिक वार्ताको चरण शुरू हुनेछ। यसअन्तर्गत इरानले ‘कहिले पनि आणविक हतियार विकास वा प्राप्त नगर्ने’ अनिश्चितकालीन प्रतिबद्धता जनाउनुपर्नेछ। इरानको संवर्धित युरेनियमको भण्डारलाई त्यहीँ नष्ट गरी देशबाहिर लैजाने सहमति भएको छ, जसको प्राविधिक विधि अर्को चरणको वार्तामा तय गरिनेछ।

इरानलाई कुनै पनि रकम अग्रिम रूपमा उपलब्ध गराइने छैन। इरानले सर्तहरू पालना गर्दै गएपछि प्रतिबन्धहरू खुकुलो बनाइनेछ र रोक्का गरिएका सम्पत्तिहरू चरणबद्ध रूपमा फुकुवा गर्दै उसलाई विश्व अर्थतन्त्रमा पुनः जोडिनेछ।

सम्झौताअनुसार इरानले मध्यपूर्वमा रहेका आफ्ना प्रोक्सी समूहहरू ९जस्तै लेबनानको हिज्बुल्लाह० लाई दिँदै आएको आर्थिक सहयोग र कोष बन्द गर्नुपर्नेछ।

इरानी विदेशमन्त्री अराघचीका अनुसार सम्झौतापछि हर्मोज प्रशासन पहिलेजस्तो रहने छैन। यसअघि इरानले जहाजहरू क्रस गर्दा शुल्क लिनुपर्ने अडान राखेको थियो भने अमेरिकाले निःशुल्क आवतजावत हुनुपर्ने माग गरेको थियो। अराघचीले अब इरानले टोल ट्याक्स नभई ‘सेवा शुल्क’ मात्र लिने प्रस्ट पारेका छन्। यो जलमार्ग इरान र ओमानको सिमानामा पर्ने भएकाले ओमान सरकारसँग मिलेर चाँडै नै एउटा संयुक्त वक्तव्य जारी गरिने उनले बताए।

यसका साथै अराघचीले यो सम्झौतामा लेबनान सङ्कट र ‘अन्य सबै मोर्चा’ को समाधान पनि समेटिएको दाबी गरे। उनले भने, ‘धम्कीहरू बन्द हुनुपर्छ र इरानी जनतालाई सम्मानका साथ सम्बोधन गरिनुपर्छ।’ उनले यदि अमेरिकाले युद्धको बाटो रोजेमा इरान पनि युद्धमा फर्कन तयार रहेको चेतावनी दिँदै भने, ‘यदि समझदारी पत्रका सर्तहरू पालना गरिएन भने अन्तिम सम्झौतामा हस्ताक्षर हुनेछैन।’

यो वार्तामा इजरायल प्रत्यक्ष रूपमा सहभागी छैन। अमेरिकी प्रशासनले यो सम्झौतामा इजरायल पनि सहमत हुनेमा आफूहरू ‘विश्वस्त’ रहेको बताएको छ, तर भविष्यमा लेबनानमा इजराइलले गर्नसक्ने सैन्य कारबाहीको सम्भावनालाई भने नकार्न नसकिने उल्लेख गरेको छ। इजरायलका प्रधानमन्त्रीले हिज्बुल्लाहले उत्तरी इजरायलमा आक्रमण जारी राखेमा आफूहरूले लेबनानमा हमला गरिरहने अडान दोहो¥याएका छन्।

इरानको आन्तरिक नेतृत्वभित्र यो सम्झौतालाई लिएर केही मतभेदहरू अझै कायम छन्। तर, ट्रम्प प्रशासनको बुझाइमा अधिकांश इरानी अधिकारीहरू सम्झौताको पक्षमा छन् र तेहरानबाट आइरहेका कतिपय कडा अभिव्यक्तिहरू त्यहाँका जनतालाई सम्झौताका लागि चित्त बुझाउन मात्र दिइएका हुन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भनेका छन्, ‘अहिले बहुसंख्यक मुद्दाहरूमा समझदारी जुटिसकेको छ र हामी आन्तरिक छलफलको अन्तिम चरणमा छौँ।’ सम्झौताको समय, स्थान र विस्तृत विवरण कूटनीतिक प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने कुरामा निर्भर रहने उनले प्रस्ट पारे।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,30,राष्ट्रिय,663,विचार,36,विज्ञान प्रविधि,26,विश्व,96,समाचार,740,स्थानीय समाचार,330,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: अमेरिका र इरानबीच ऐतिहासिक सम्झौता, होर्मुज खोल्न दुबैको पक्ष सहमत
अमेरिका र इरानबीच ऐतिहासिक सम्झौता, होर्मुज खोल्न दुबैको पक्ष सहमत
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhW81MxiMQOlxoni9MEsvkBFjD4ZHfbpqLrzUZRj5jcMhLnAw7oxolXK5Wib9hm3_OQ8HQKf799qqV2TijJFHIDcfJCUyv_VRtousiOY56TIzC5f2osd8gjDz5xQfqzBLbknLRSSpFeZidLHlr7KJfgOA61aJxIXdL6t-gH-SQcs76LZAR1mAHOzKwmH1Ty/s320/1772697240_Iran%20Trump-1200x560.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhW81MxiMQOlxoni9MEsvkBFjD4ZHfbpqLrzUZRj5jcMhLnAw7oxolXK5Wib9hm3_OQ8HQKf799qqV2TijJFHIDcfJCUyv_VRtousiOY56TIzC5f2osd8gjDz5xQfqzBLbknLRSSpFeZidLHlr7KJfgOA61aJxIXdL6t-gH-SQcs76LZAR1mAHOzKwmH1Ty/s72-c/1772697240_Iran%20Trump-1200x560.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/06/blog-post_492.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/06/blog-post_492.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content