सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादवको अध्यक्षता तथा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा योगको महत्व, स्वस्थ जीवनशैली र शारीरिक तथा मानसिक स्वास्थ्यमा योगले पुर्याउने योगदानबारे चर्चा गरिएको थियो।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीना, जगरनाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादव, सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट लगायत जनप्रतिनिधि, स्थानीय अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा वक्ताहरूले योगलाई स्वस्थ र अनुशासित जीवनको आधारका रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिँदै नियमित योग अभ्यासले विभिन्न रोगबाट बच्न तथा मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्ने बताएका थिए।
भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जुन १३ देखि जुन २१, २०२६ सम्म विभिन्न स्थानमा हरेक दिन बिहान ५ः३० बजे योग कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। दूतावासका अनुसार योगप्रति जनचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रमहरूको आयोजना गरिएको हो।
प्रतिक्रिया