$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बारम्बार चेतावनी, तर सुधार शून्य ! अधिकांश होटल–रेस्टुरेन्टमा खाद्य स्वच्छताको धज्जी उडेको खुलासा

580

उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले जेठ १७ गते जारी गरेको विज्ञप्तिपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता कायम गराउने उद्देश्यले “मोबाइल फुड ल्याब भ्यान” पर्सा र बारामा परिचालन गरेको छ। विभागको टोलीले वीरगञ्ज, अमलेखगञ्ज, निजगढ तथा कलैयाका विभिन्न होटल, रेस्टुरेन्ट र मिठाई पसलमा गरेको अनुगमनका क्रममा अधिकांश व्यवसायले न्यूनतम खाद्य स्वच्छता मापदण्डसमेत पालना नगरेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख सुरेश सिंहको नेतृत्वमा खटिएको टोलीले किचेनको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, प्रयोग गरिएको तेलको गुणस्तर, कामदारहरूको व्यक्तिगत सरसफाइ, डस्टविन व्यवस्थापन तथा खाद्य सुरक्षा मापदण्डको अवस्थाबारे अनुगमन गरेको थियो।

अनुगमनका क्रममा वीरगञ्जस्थित अनमोल स्विट्स, होटल मकालु प्रालि, होटल पुजन प्रालि तथा मेजवानी स्विट्समा सरसफाइको अवस्था कमजोर, खुला डस्टविन प्रयोग, खाद्य सामग्रीको असुरक्षित व्यवस्थापन तथा अत्यधिक पटक तताइएको तेल प्रयोग भएको पाइएको थियो। विभागले मापदण्ड विपरीत प्रयोग भइरहेको तेल नष्ट गर्नुका साथै सम्बन्धित व्यवसायलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेलले गत वर्ष पनि होटल तथा रेस्टुरेन्टहरूको स्तरियकरण गरिए पनि अधिकांश व्यवसायमा अपेक्षित सुधार नदेखिएको बताउनुभयो। उपभोक्ता अधिकारकर्मी प्रकाश शाहले पटक–पटक चेतावनी दिँदा पनि व्यवसायीहरूले अटेर गरिरहेको भन्दै कानुनी कारबाही कडा बनाउनुपर्ने धारणा राख्नुभयो।

यसअघि विभागको मोबाइल खाद्य ल्याब भ्यानले अमलेखगञ्ज, निजगढ तथा बाराका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा समेत अनुगमन गरेको थियो। अमलेखगञ्जका जर्गा होटल, मेची होटल, कल्पवृक्ष होटल, होटल लम्साल तथा निजगढका होटल रुद्राक्ष, चंकि रेस्टुरेन्ट, हाईवे फुड ल्यान्ड रेस्टुरेन्ट र होटल राजमार्गमा पनि सरसफाइ कमजोर, खुला डस्टविन प्रयोग र अत्यधिक पटक तताइएको तेल प्रयोग भएको भेटिएको थियो।

शनिबार कलैयास्थित न्यु कृष्ण स्विट्स, सिद्धु सिद्धार्थ स्विट्स, माँ अन्नापूर्ण स्विट्स तथा केशर स्विट्समा गरिएको अनुगमनका क्रममा पनि अधिकांश पसलमा कामदारले हेडनेट प्रयोग नगरेको, तेल धेरै पटक तताइएको तथा खाद्य सामग्री असुरक्षित ढंगले राखिएको पाइएको बारा उपभोक्ता अधिकारकर्मी अरुण खनालले जानकारी दिनुभयो।

अनुगमन टोलीमा विभागका केमिस्ट पवन कुमार कुर्मी, खाद्य निरीक्षक जगत प्रकाश चौधरी, श्रवण साह, उपभोक्ता अधिकारकर्मी प्रकाश कुमार शाह तथा पत्रकार अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो।

उपभोक्ताहरूले खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पालना नगर्ने होटल, रेस्टुरेन्ट र मिठाई पसलमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। बारम्बार चेतावनीपछि पनि सुधार नगर्ने व्यवसायीलाई जरिवाना, स्तर घटाउने तथा आवश्यक परे सञ्चालन अनुमति खारेज गर्नुपर्ने उपभोक्ताहरूको भनाइ छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,30,राष्ट्रिय,663,विचार,36,विज्ञान प्रविधि,26,विश्व,96,समाचार,740,स्थानीय समाचार,330,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: बारम्बार चेतावनी, तर सुधार शून्य ! अधिकांश होटल–रेस्टुरेन्टमा खाद्य स्वच्छताको धज्जी उडेको खुलासा
बारम्बार चेतावनी, तर सुधार शून्य ! अधिकांश होटल–रेस्टुरेन्टमा खाद्य स्वच्छताको धज्जी उडेको खुलासा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgsRTWfaR_HTv0KII2TGzBQislbQICNxDq2m6vMNBudCm5QJGlM9Zkcz2_tdRLRcHS255ondabvl9kCK5ekmG5aAB9aEKdWnDAmM1EkjjHgIRvyROtmOOQNEgIZNGAhqvxUdb9JlFpEll_OiyloTVbQJD981GUP2Mjfh1NfnCGmf8ncLknS7LXbJQn4ByXk/s320/1000133445.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgsRTWfaR_HTv0KII2TGzBQislbQICNxDq2m6vMNBudCm5QJGlM9Zkcz2_tdRLRcHS255ondabvl9kCK5ekmG5aAB9aEKdWnDAmM1EkjjHgIRvyROtmOOQNEgIZNGAhqvxUdb9JlFpEll_OiyloTVbQJD981GUP2Mjfh1NfnCGmf8ncLknS7LXbJQn4ByXk/s72-c/1000133445.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/06/blog-post_07.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/06/blog-post_07.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content