Menu

आजको मौसम

वर्षौंको उपेक्षालाई चिर्दै अकलेश साहको प्रहार : १६ लाखको बजेटमा विद्यालय भवन निर्माण

Author
Bhagwan kurmi |
June 11, 2026
Featured

युवा नेता अकलेश साहको विशेष पहलमा विद्यालय भवनको निर्माण कार्य सुरु भएको छ। 

बिहिबार मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालयबाट विनियोजित १६ लाख रुपैयाँ बजेट मार्फत पर्साको पकहामैनपुर गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्यामपुर भेलाहामा नयाँ विद्यालय भवन निर्माण कार्यको शिलान्यास गरिएको हो ।

आयोजित शिलान्यास कार्यक्रममा वडा नं. ४ का अध्यक्ष ढेडी प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक उमेश यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपनारायण ठाकुर, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले नयाँ विद्यालय भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र सुरक्षित हुने विश्वास व्यक्त गरे। भवन अभावका कारण भोग्नुपरेका समस्याको अन्त्य भई विद्यार्थीहरूले सहज वातावरणमा अध्ययन गर्न पाउने तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा पकहाॅंमैनपुर गाउँपालिका प्रमुखका प्रत्यासी समेत रहेका युवा नेता साहले शिक्षा क्षेत्रको विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालय, युवा तथा समुदायको समग्र विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्यका सक्षम नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।

स्थानीयवासीहरूले प्रदेश सरकार तथा युवा नेता अकलेश साहप्रति आभार व्यक्त गर्दै विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएका छन्।

१६ लाख रुपैयाँको लागतमा सुरु भएको यो भवन निर्माण कार्यलाई स्थानीय तहमा शिक्षा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3