$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगञ्जमा सामाजिक उत्तरदायित्वसम्बन्धी अन्तरक्रिया, महिला हिंसा र मानव बेचबिखनविरुद्ध संयुक्त अभियानको प्रतिबद्धता

580

वीरगञ्ज- नव अभियान नेपालको आयोजनामा सहकार्य, समन्वय तथा सामाजिक उत्तरदायित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार वीरगञ्जस्थित होटल पुजनमा सम्पन्न भएको छ। कार्यक्रममा सरकारी निकाय, सामाजिक संघसंस्था, सुरक्षा निकाय तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापाले समाजमा बढिरहेका महिला हिंसा, मानव बेचबिखन, बोक्सी आरोपजस्ता सामाजिक विकृतिविरुद्ध सबै निकाय एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। उनले सरकारी निकाय मात्रैले यस्ता चुनौती समाधान गर्न नसक्ने उल्लेख गर्दै सामाजिक संस्था, सञ्चारमाध्यम, प्रहरी प्रशासन र स्थानीय समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको धारणा राखे।

उनले सामाजिक अभियानहरूलाई व्यवहारिक र परिणाममुखी बनाउन संस्थाहरूबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। “समाज परिवर्तनका लागि साझा प्रतिबद्धता आवश्यक छ, सबै पक्षबीचको एकता र सहकार्यले मात्र सकारात्मक परिणाम दिन सक्छ,” उनले भने।

कार्यक्रममा सहभागी विभिन्न संस्थाका प्रतिनिधिहरूले पनि महिला हिंसा, मानव बेचबिखन, घरेलु दुर्व्यवहार तथा बोक्सी आरोपजस्ता अमानवीय गतिविधिविरुद्ध संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा माइती नेपाल, आफन्त नेपाल, सिएमसीलगायत संस्थाका प्रतिनिधिहरूले नव अभियान नेपालसँग सहकार्य गर्दै सामाजिक सचेतना र मानवीय सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा समाजसेवी कमल चौगाई, मानवसेवा आश्रमका देवेश गुप्ता, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, क्रियासिल यूवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल लगायतले सामाजिक रूपान्तरणका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए।

सहभागीहरूले युवापुस्तालाई सामाजिक अभियानसँग जोड्दै जनचेतनामूलक कार्यक्रमलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले सामाजिक विकृतिविरुद्ध सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा समेत व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सुर्य शुभचिन्तकले गरेका थिए भने अध्यक्षता नव अभियान नेपालकी चिफ अफिसर सरस्वती मानन्धरले गरेकी थिइन्। अध्यक्ष मानन्धरले नव अभियान नेपाल आगामी दिनमा सामाजिक न्याय, महिला सशक्तीकरण तथा मानवअधिकारका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने बताइन्।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,30,राष्ट्रिय,661,विचार,36,विज्ञान प्रविधि,26,विश्व,95,समाचार,730,स्थानीय समाचार,326,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: वीरगञ्जमा सामाजिक उत्तरदायित्वसम्बन्धी अन्तरक्रिया, महिला हिंसा र मानव बेचबिखनविरुद्ध संयुक्त अभियानको प्रतिबद्धता
वीरगञ्जमा सामाजिक उत्तरदायित्वसम्बन्धी अन्तरक्रिया, महिला हिंसा र मानव बेचबिखनविरुद्ध संयुक्त अभियानको प्रतिबद्धता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgX71Mjh5tzjiGlMFItg9mv_WBiqlO6m_83DhIddGP6oIHDv-UY-WeOCMY7ftg27Irp4A0GMSUhdgZ5ESpD6DZ2TDXSEJIm67tvR-RJsDZD8nCdpRx7isu_EkwKh7tWD_Sp5cUjwQIev0pYKn3KBUOGel1E3sZtQM5BXrZu0y7nKP9E1z6e_ECtiGPn4VfD/s320/1000130075.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgX71Mjh5tzjiGlMFItg9mv_WBiqlO6m_83DhIddGP6oIHDv-UY-WeOCMY7ftg27Irp4A0GMSUhdgZ5ESpD6DZ2TDXSEJIm67tvR-RJsDZD8nCdpRx7isu_EkwKh7tWD_Sp5cUjwQIev0pYKn3KBUOGel1E3sZtQM5BXrZu0y7nKP9E1z6e_ECtiGPn4VfD/s72-c/1000130075.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/05/blog-post_355.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/05/blog-post_355.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content