Menu

आजको मौसम

उपत्यकामा बढयो तस्करी, न्यूरोडबाट ठुलो परिमाणमा भेप बरामद

Author
ईक्रान्तिखबर डेस्क |
May 26, 2026
Featured

काठमाडौंको न्युरोडबाट प्रहरीले ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ न्युरोडमा रहेको एक गोदाममा छापा मार्दा ठूलो परिमाणमा भेप बरामद भएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले दिनुभएको जानकारीअनुसार आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ नामको पसल र त्यहाँ रहेका दुईवटा गोदामबाट २८ हजार ५ सय थान भेप प्रहरीले बरामद भएको छ ।

सो भेप टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको छ । अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–८ घर भएका ३२ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बरामद भेपको बजार मूल्य करिब ६ करोड हुने आँकलन गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3