Menu

आजको मौसम

काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

Author
ईक्रान्तिखबर डेस्क |
April 02, 2026
Featured


काठमाडौं-
काठमाडौं महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बसहरु सञ्चालन हुने महानगरले जनाएको छ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुने महानगरले जनाएको छ। उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो। 

थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो। यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्। महानगरले साझा यातायातसँगको सहकार्यमा नयाँ वर्षदेखि सुरु गर्न लागेको हो।

बेलुका सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नुपर्ने भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेको महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिइन्।

‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ।’ डंगोल भनिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ। त्यसमा पनि किशारी र महिलाहरुले दुर्व्यवहार भोग्नु परेको छ। विद्यार्थीहरुलाई आर्थिक रुपमा धेरै मर्का छ। यो अवस्थामा सुधार गर्न  सेवा दिन लागेका हौँ।

सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य रहेको उनको भनाई छ। यो लक्ष्य पूरा गर्न साझेदारहरुसँग सहकार्य गर्न महानगरपालिका खुला रहेको कार्यवाहक प्रमुख डंगोलले बताइन्।

तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन्। बसमा सीसीटिभी क्यामरा जडान हुनेछन्। सुरक्षाका लागि नगर प्रहरी हुने महानगरले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3