Menu

आजको मौसम

सम्पत्ति छानबिनको समाचारमा देउवा आक्रोशित—‘भ्रम फैलाउने प्रयास अस्वीकार्य

Author
Bhagwan kurmi |
April 08, 2026
Featured

संकेतिक तस्विर 
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफु र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।

देउवाले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका छन्। उनले नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफूले आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिसकेको स्पष्ट पारे।

उनले देशमा लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताए।

देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन प्रवर्द्धनका लागि आफ्नो योगदान पनि स्मरण गराएका छन्। उनले गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको उल्लेख गरेका छन।

स्वास्थ्य उपचारका लागि हाल विदेशमा रहेको जानकारी दिँदै उनले उपचारको प्रक्रिया जारी रहेको बताए। साथै, समयक्रमसँगै यथार्थ बाहिर आउने विश्वास व्यक्त गर्दै अतिरञ्जित विवरणबाट भ्रममा नपर्न सबैमा आग्रह गरेका छन।

“वास्तविकता क्रमशः स्पष्ट हुँदै जानेछ, अतिरञ्जित प्रचारप्रसारबाट भ्रममा नपर्नुहोस्,” देउवाको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3