Menu

आजको मौसम

एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल सर्वसम्मत चयन

Author
ईक्रान्तिखबर डेस्क |
April 02, 2026
Featured


नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल सर्वसम्मतरूपमा चयन हुनुभएको छ ।

संघीय संसदीय दलका नेता रामबहादुर थापाको प्रस्तावमा डा. दंगाललाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरिएको हो ।

उहाँ हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित हुनुभएको हो । राष्ट्रिय सभामा निर्वाचित भएपछि दलको नेताको जिम्मेवारी पनि उहाँलाई सर्वसम्मत रूपमा प्रदान गरिएको एमाले स्रोतले जनाएको छ ।

डा. दंगाल नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहनुभएको छ । किसान आन्दोलन तथा कृषि क्षेत्रसँग सम्बन्धित विषयमा लामो समयदेखि सक्रिय रहनुभएका उहाँलाई पार्टीभित्र अनुभवी र संगठनात्मक रूपमा सशक्त नेताका रूपमा हेरिने गरिएको छ ।

एमालेले राष्ट्रिय सभामा आफ्नो संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ उहाँलाई दलको नेताको जिम्मेवारी दिएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3