Menu

आजको मौसम

ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

Author
ईक्रान्तिखबर डेस्क |
April 29, 2026
Featured

आईसीसी विश्वकप लिग–२ क्रिकेटमा ओमानले नेपाललाई ३०६ रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट स्टेडियममा बुधबार टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको ओमानले पूरै ‌‌‌ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन बनाएको हो।

ओमानका लागि कप्तान जतिन्दर सिंहले ९६ बलमा सर्वाधिक १३० रन, जितेन रामानन्दीले ४३ रन, आर्यन बिष्टले ३५ रन, हमाद मिर्जाले ३० रन,  विनायक शुक्लाले २३ रन, आशिष ओडेदराले २३ रन, नदीम खान १ रन बनाएका छन्। वसीम अलीले २३ रन र सिद्धार्थ बुक्कापट्टनमले १ रन बनाउँदै नट आउट रहे।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट, दीपेन्द्रसिंह ऐरीले र सन्दीप लामिछानेले २र२ विकेट  लिए। नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्दैछ। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3