घटनापछि गाउँपालिका अध्यक्ष यसवन्त यादवले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। उनले क्षतिको विवरण संकलन गर्दै तत्काल राहत तथा पुनर्स्थापना कार्य अघि बढाइने बताएका छन्।
अनुगमनका क्रममा अध्यक्ष यादवले स्थानीयवासीसँग भेटघाट गर्दै क्षतिको अवस्था बुझेका थिए। उनले गाउँपालिकाबाट आवश्यक राहत सामग्री उपलब्ध गराउने तथा विद्युत् र अन्य पूर्वाधार पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिने जानकारी दिए।
स्थानीयले हावाहुरीका कारण दैनिक जीवन प्रभावित भएको भन्दै तत्काल राहत र पुनर्निर्माणको माग गरेका छन्। गाउँपालिकाले क्षतिको विस्तृत विवरण संकलन गरी जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पठाउने तयारी गरेको जनाएको छ।
