Menu

आजको मौसम

सेनाको अपेक्षित सहयोग पाएनः हिरासतबाट केपी शर्मा ओली को आक्रामक बयान, घटनालाई ‘राष्ट्रविरुद्धको षड्यन्त्र’को आरोप

Author
ईक्रान्तिखबर डेस्क |
April 05, 2026
Featured

जेनजी आन्दोलनपछि सत्ता च्युत हुनुभएका तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले आपतकालीन परिस्थितिमा नेपाली सेनाबाट अपेक्षित सहयोग नपाएपछि राजीनामा दिनुपरेको बताउनुभएको छ।

प्रहरी हिरासतमा रहनुभएका ओलीले सरकारी वकिलसमक्ष दिएको बयानमा भदौ २४ गते नेपाली सेनासँग सहयोग माग्दा आवश्यक समन्वय र सहयोग प्राप्त नभएको उल्लेख गर्दै त्यसपछि राजीनामा दिन बाध्य भएको बताउनुभएको हो।

उहाँले भदौ २३ र २४ गते भएका घटनालाई नेपाल राष्ट्रविरुद्धको षडयन्त्रको रूपमा चित्रण गर्दै घटनाको सुरुदेखि अन्त्यसम्मका सबै पक्षमा निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभएको छ।

ओलीले आफ्नो बयानमा प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नरहेको स्पष्ट पार्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै दोषी जो–कोही भए पनि उम्किन नहुने उहाँको भनाइ छ। उहाँले भन्नुभएको छ, ‘शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो, किन यस्तो द्वन्द्व सिर्जना भयो भन्नेबारे गम्भीर छानबिन हुनुपर्छ, घटनाप्रति दुःख व्यक्त गर्छु, तर दोषी उम्किनु हुँदैन।’

उहाँले राज्यको सम्पत्ति जलाउने, भीडलाई उत्तेजित पार्ने तथा हिंसाक गतिविधिमा संलग्न सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग समेत गर्नुभएको छ।

ओलीले राष्ट्र हितमा बोलेको र काम गरेको कारण विभिन्न स्वार्थ समूहबाट आफू विरुद्ध अनावश्यक आरोप लगाइएको तथा अन्ततः सत्ता च्युत गराइएको दाबी पनि बयानमा गर्नुभएको छ।

यसैबिच सर्वोच्च अदालतमा उहाँले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ जारी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3