Menu

आजको मौसम

इरानसँगको वार्ता निष्कर्षविहीन, स्वदेश फर्किए अमेरिकी उपराष्ट्रपति

Author
ईक्रान्तिखबर डेस्क |
April 12, 2026
Featured


अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी एयर फोर्स टुु विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्।

बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्।इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान कुनै सम्झौतामा पुग्न नसकेको बताए। उपराष्ट्रपतिले अमेरिकाको सर्त इरानले नमानेको बताए। यता, इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनासम्झौता समाप्त भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकाले आफ्ना अत्यधिक मागहरू राख्न बन्द गर्नुपर्ने बताएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3