Menu

आजको मौसम

बन्दी प्रत्यक्षीकरणको रिटमाथि सरकार पक्षको आक्रामक बहस:ओली–लेखकको गिरफ्तारी कानूनी र जायज भएको दाबी

Author
ईक्रान्तिखबर डेस्क |
April 06, 2026
Featured


जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सरकार पक्षको बहस जारी छ ।

सरकारको पक्षबाट बहसमा भाग लिएका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले न्यायाधीश विनोद शर्मा र सुनिल पोखरेलको इजलासमा ओली र लेखकको गिरफ्तारी कानूनसम्म रहेको जिकिर गरेका छन् ।

रेग्मीले शान्ति सुरक्षा कायम गर्ने क्रममा भएका घटनाको अनुसन्धान र दायित्व सरकारका पदाधिकारीले लिनुपर्छ भनेर सर्बोच्च अदालतले भनिसकेकाले यो पक्राउ जायज रहेको तर्क गरे ।

उनले यसक्रममा सर्लाहीमा कुमार पौडेल हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख र सिडिओलाई जिम्मेवार ठहर गरेको नजिर पेश गरे । रेग्मीले प्रधानमन्त्री र गृहमन्त्री राजनीतिक पद भएर उन्मुक्ति नमिल्ने भन्दै सरकारले अनुसन्धान गर्न पाउने जिकिर गरे ।

उनले सरकारले ओली र लेखकमाथि पूर्वाग्रह नराखेको र गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यन्वयनका क्रममा धरपकड भएको जिकिर गरे । उनले विधिसम्म भएको कारबाहीलाई सेलेक्टिभ र प्रतिशोध भन्न नमिल्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3