Menu

आजको मौसम

मधेस विश्वविद्यालयमा पदको दुरुपयोग, परिवारवाद र अनैतिक दबाब, पुर्व मुख्यमन्त्रीको भतिज पर्ने गद्दी नै प्रहरीको फन्दामा

Author
ईक्रान्तिखबर डेस्क |
April 01, 2026
Featured


मधेस विश्वविद्यालय वीरगंजमा कार्यरत एक कर्मचारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विश्वविद्यालयका  प्रशासन शाखा छैटौं तहको अधिकृतको रुपमा कार्यरत कर्मचारी मोहम्मद राजु राउत गद्दी रहेका छन। छात्रालाई अनैतिक सम्बन्ध राख्न दबाब दिएको आरोपमा प्रहरीले  राउतलाई पक्राउ गरेको जनाएको छ । 

पिडित छात्राका अनुसार गद्दीले अनैतिक सम्बन्धको प्रस्ताव राखेका थिए।  प्रस्ताव अस्वीकार गरेपछि उनले परीक्षामा अंक घटाइदिने धम्की दिएको तथा स्वीकार गरेमा विभिन्न सुविधा दिने प्रलोभन देखाएका थिए । सुरुमा सहयोगको बहानामा सम्पर्क बढाएका गद्दीले पछि फोन तथा सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउँदै निरन्तर मानसिक दबाब सिर्जना गरेका थिए। प्रस्ताव अस्वीकार गरेपछि शैक्षिक भविष्य नै प्रभावित पार्ने धम्की दिएको उजुरीमा उल्लेख छ।

पीडित छात्राले दिएको उजुरीका आधारमा चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता गरिएको थियो। उजुरी दर्तापछि फरार रहेका गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले खोजतलास गरी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका गद्दी मधेश प्रदेशका पुर्व मुख्यमन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य लाल बाबु राउत गद्दीका भतिज पर्ने रहेको स्रोतको दावी छ । 

२०७९ भाद्र २३ गते समुद्धाटन भएको मधेस विश्वविद्यालयको कुलपति समेत रहेका तत्कालिन मुख्यमन्त्री लालबाबु राउत गद्दीले आफ्न्त भर्ति केन्द्र नै बनाएर कर्मचारी नियुक्ति प्रक्रियामा समेत चलखेल गरेको आरोप लाग्दै आएको छ । परिवारवादमा सिमित रहि तत्कालिन मुख्यमन्त्री गद्दीले पदको दुरुपयोग गरी कम्प्युटर अपरेटर देखी अधिकृत सम्म आफ्नै कब्जामा गरेको समेत सामाचार स्रोतको दावी छ । स्रोतका अनुसार कम्प्युटर अपरेटरमा कार्यरत कलसरीफ आलम र जुवेर हवारी समेत नेता गद्दीको आफ्न रहेको बुझिएको छ । 

यता यस बिषयमा पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार आरोपितमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ र घटनाको थप अनुसन्धान जारी रहेको छ । 


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3