नेकपा एमालेका नेता रुपेश कुमार पाण्डेयले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
सोमबार दिउँसो भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर पाण्डेयले अध्यक्ष ओलीसँग भेट गर्दै शोकाकुल परिवारप्रति संवेदना प्रकट गरेका हुन्। भेटका क्रममा उनले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका थिए।
पाण्डेयले भने, “अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनको खबरले हामीलाई निकै दुःखी बनाएको छ। उहाँको स्मृतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज चौथो दिन अध्यक्षज्यूलाई भेटेर समवेदना व्यक्त गर्न आएका हौं।”
स्वर्गीय मोहनप्रसाद ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पाण्डेयले यस दुःखद् घडीमा अध्यक्ष ओलीसहित सम्पूर्ण शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको गत शुक्रबार निधन भएको थियो। नेता पाण्डेय फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर–३ का उम्मेदवार रहेका थिए।

प्रतिक्रिया