नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता स्वर्गीय मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन।
नेता हजराले सोमबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर अध्यक्ष ओलीलाई भेट्दै स्वर्गीय मोहनप्रसाद ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन। उनले स्वर्गीय ओलीप्रति सम्मान व्यक्त गर्दै यस दुःखद् घडीमा अध्यक्ष ओलीसहित सम्पूर्ण शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन।
हजराले स्वर्गीय मोहनप्रसाद ओली समाजमा सरल, अनुशासित र प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँको निधनले समाजले एक असल अभिभावक गुमाएको बताएका छन।
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि देशभरबाट राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू ओली निवास पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै समवेदना व्यक्त गर्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया