आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित श्रद्धालु तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रत्येक वर्षझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको समितिले जनाएको छ।
समितिका सचिव पप्पु गुप्ताका अनुसार असार ३२ गते आयोजना हुने गहवामाई रथयात्राको अवसर पारेर शिविर सञ्चालन गरिएको हो। शिविरबाट ३५५ जनाले स्वास्थ्य सेवा लिएका थिए।
शिविरमा आँखा, दाँत, हाडजोर्नी तथा कान रोगसँगै मधुमेह र थाइराइडसम्बन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
उपसमितिका संयोजक श्याम गुप्ताका अनुसार शिविरका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको संस्थाको पहलमा निःशुल्क शल्यक्रिया समेत गरिने व्यवस्था मिलाइएको छ। कार्यक्रममा कार्यक्रम सहसंयोजक अनुप कुमार अग्रवाल समितीका सदस्यहरु ओशन गुप्ता, राजन गुप्ता, ललित अग्रवाल, विवेक कुमार, मुन्ना सर्राफ लगायतको सक्रिय सहभागिता थियो ।

प्रतिक्रिया