Menu

आजको मौसम

रास्वपा–सरकारको महँगी हत्यारःपेट्रोल–डिजेल मूल्य वृद्धिले जनता ढाड सेक्दै

Author
ईक्रान्तिखबर डेस्क |
March 16, 2026
Featured


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले सामान्य नागरिकको जीवन झन् कठिन बनाएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको छ।

नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै भनेका छन्, “महँगीले जनताको ढाड नै सेक्ने अवस्था सिर्जना भएको छ। रास्वपा सरकार बनाउने चरणमा रहेको र उसकै समर्थनमा सरकार सञ्चालन भइरहेको अवस्थामा यो निर्णय जनता विरुद्ध स्पष्ट छ। अन्तर्राष्ट्रिय परिस्थितिलाई ९अमेरिका–इरान तनाव र विश्वव्यापी महँगी० को बहाना बनाएर जनविरोधी निर्णयलाई चित्त बुझाउने प्रयास भएको छ।”

बस्नेतले थप भनेका छन्, “इन्धनको मूल्य वृद्धि सँगै दैनिक उपभोग्य वस्तुहरूको मूल्य पनि बढ्ने निश्चित छ। परिवर्तन चाहने जनताले यस विषयमा गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ।”

विश्लेषकहरूका अनुसार, मूल्य वृद्धिले मध्यमवर्गीय र निम्न आय वर्गको जीवन यापनमा थप दबाब सिर्जना गर्नेछ र आगामी समयमा सरकारविरुद्ध व्यापक असन्तोष बढ्न सक्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3