Menu

आजको मौसम

“रक्तदान जीवनदान” व्यवहारमै: सिमरामा ५१ जनाको सहभागिता, सयौँ लाभान्वित

Author
Bhagwan kurmi |
March 27, 2026
Featured


सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै नंदन घ्यू एवं आयल ईन्डट्रिज प्रा. लि. सिमरा र तेरापंथ युवा परिषद वीरगञ्जको संयुक्त आयोजनामा रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रम आज सम्पन्न भएको छ। मानव सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

सिमरास्थित नंदन घ्यू एवं आयल ईन्डट्रिज प्रा. लि. परिसरमा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित कुल ५१ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। रक्तदातामध्ये कम्पनीका प्रशासन प्रमुख प्रमोद राज पटेल लगायत कर्मचारीहरूको सक्रिय सहभागिता देखिएको थियो। उनीहरूले “रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै सामाजिक सेवामा उदाहरणीय योगदान दिएका छन।

यसै अवसरमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरप्रति पनि स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो। करिब सयौँ सेवाग्राहीले आफ्नो आँखा परीक्षण गराउँदै आवश्यक परामर्श र उपचार सेवा प्राप्त गरेका थिए। शिविरले विशेषगरी आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकहरूलाई ठूलो राहत प्रदान गरेको सहभागीहरूले बताएका छन।

कार्यक्रम सफल बनाउन रेडक्रस सोसाइटी वीरगञ्ज शाखा र किरण आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका थिए। 

बढ्दो गर्मीको मौसमसँगै रगतको अभाव देखिन थालेको अवस्थामा आकस्मिक आवश्यकतालाई ध्यानमा राख्दै यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। साथै, यस्ता सामाजिक तथा मानवीय कार्यक्रमले समुदायमा सहयोग, सहकार्य र मानवीयता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि यस्ता जनहितमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3