Menu

आजको मौसम

सिमा क्षेत्रमा चेकिङको नाममा असुली, प्रहरीको बदनियत कार्यले पर्यटक सास्ती भोग्दै: हरी गौतम

Author
Bhagwan kurmi |
March 24, 2026
Featured


पर्सा—
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतमले सिमा क्षेत्रमा हुने सवारी चेकिङका नाममा प्रहरीले अनावश्यक दुःख दिने र त्यसले पर्यटक आगमनमा नकारात्मक असर पारिरहेको आरोप लगाएका छन।

वीरगञ्जस्थित मकालु होटलमा आयोजित “आन्तरिक पर्यटन प्रवर्द्धन अभियान” अन्तर्गतको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले सुरक्षाकर्मीहरूको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाए। उनले चेकिङको नाममा अनावश्यक रोकेर हैरानी दिने, कागजात भए पनि दुःख दिने र अप्रत्यक्ष रूपमा आर्थिक लाभ लिन खोज्ने प्रवृत्ति रहेको दाबी गरे।

उनका अनुसार नेपाल भ्रमणका लागि आउने भारतीय पर्यटकहरू सिमा क्षेत्रमै यस्ता समस्यामा पर्ने गरेका छन, जसका कारण नेपालप्रतिको धारणा कमजोर बन्दै गएको छ। “पर्यटकहरूलाई स्वागत गर्नुपर्ने ठाउँमा सास्ती दिने प्रवृत्तिले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर गरिरहेको छ,” उनले भने।

“जाउँ है पोखरा” भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा उनले पर्यटन प्रवर्द्धनका लागि केवल प्रचार पर्याप्त नहुने उल्लेख गर्दै यात्राको अनुभव सहज र सम्मानजनक बनाउनुपर्नेमा जोड दिए। सिमा नाकादेखि गन्तव्यसम्म पर्यटकमैत्री वातावरण सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सिमा क्षेत्रमा हुने अनावश्यक जाँच, ढिलासुस्ती र व्यवहारिक समस्याहरूले पर्यटकको मनोबल घटाउने गरेको बताए। उनीहरूले पर्यटन प्रवर्द्धनका लागि सुरक्षा संयन्त्रलाई पारदर्शी, जवाफदेही र सेवामुखी बनाउनुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3