पर्सा- नेकपा एमाले निकट जनसंगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय उपाध्यक्ष तथा सक्रिय युवा नेता अकलेश कुमार साहको निरन्तर पहल र सक्रियताका कारण पर्सा जिल्लामा करोडौँ रुपैयाँ बराबरका विकास निर्माण परियोजना समावेश हुन सफल भएको छ ।
यसैक्रममा पर्साको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर–४ लहावरथकरीमा लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक अब पक्की बन्ने भएको छ। युवा नेता साहको विशेष पहलमा लहावरथकरी देखि आत्मा राम पथ जाने सडक ३५ लाख रुपैयाँको लागतमा पक्की निर्माण कार्य सुरु हुने भएको हो। वर्षौँदेखि धुलो, हिलो र अव्यवस्थाका कारण सास्ती भोग्दै आएका स्थानीय बासिन्दाका लागि यो आयोजना राहतको सन्देश बनेको छ।
स्थानीयवासीका अनुसार यो सडक निर्माणसँगै आवतजावत सहज हुने, कृषि उत्पादनको बजारसम्म पहुँच बढ्ने र समग्र गाउँको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ। विकासको अनुभूति प्रत्यक्ष रूपमा देखिन थालेपछि युवा नेता साहप्रति जनताको भरोसा र आकर्षण झनै बढ्दै गएको देखिन्छ।
पदमा नरहे पनि सामाजिक अभियन्ताको रूपमा परिचित अकलेश कुमार साहले पदभन्दा जिम्मेवारी ठूलो भन्ने उदाहरण प्रस्तुत गर्दै आएका छन। उनले पटक–पटक पालिकाको विकास बजेटमा आवश्यक योजना समावेश गराई काम सम्पन्न गराउन सफल समेत भएका छन। यही कारण उनी स्थानीय स्तरमा “विकासका मसिहा”का रूपमा स्थापित हुँदै गएका हुन।
पकहॉंमैनपुर गाउँपालिका प्रमुखको प्रत्यासी समेत रहेका युवा नेता साहको सक्रियता, इमान्दार पहल र जनमुखी सोचका कारण उनका कामहरू स्थानीय स्तरमा अहिले चर्चाको विषय बनेको छ। विकास निर्माणमा देखाएको प्रतिबद्धताले उनीप्रति जनसमर्थन मात्र होइन, राजनीतिक रूपमा समेत प्रभाव बढ्दै गएको देखिन्छ।
समग्रमा, अकलेश कुमार साहको नेतृत्व, सक्रियता र सामाजिक प्रतिबद्धताले पकहाँमैनपुर गाउँपालिकामा विकासको नयाँ आशा जगाएको छ। उनका यस्ता कार्यहरूले युवा नेतृत्वले चाहेमा स्थानीय तहमा ठोस परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया