$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगञ्जमा कर्फ्यु जारी: सामान्य विवादलाई ठूलो घटनाको संज्ञा, स्थानीय प्रशासनको कार्य क्षमता माथि नै प्रश्न

580


पर्सा -
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित मस्जिद नजिकै भएको सामान्य विवादलाई अतिरञ्जित गर्दै ठूलो घटनाको संज्ञा दिएको सामाचार प्राप्त भएको छ। घटनापछि प्रशासनले कर्फ्यु जारी गरेसँगै सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ।

स्थानीयका अनुसार मस्जिद नजिकै सडकमा उभिएका केही व्यक्तिहरूमाथि विनाकारण कुटपिट गरिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको सामाचार प्राप्त हुन आएको छ । प्रत्यक्षदर्शीहरू भने उक्त आरोपलाई निराधार रहेको दाबी गर्दै, सामान्य भनाभन र विवादलाई राजनीतिक हस्तक्षेपमार्फत उग्र बनाउने प्रयास गरिएको छ, जसका कारण सामाजिक सद्भावमा खलल पुग्ने वातावरण सिर्जना भएको हो।

घटनापछि प्रशासनले सुरक्षा सतर्कता बढाउँदै कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युका कारण बजार, शैक्षिक संस्था तथा यातायात सेवा प्रभावित भएका छन भने दैनिक ज्यालादारी मजदुरी गर्ने वर्ग सबैभन्दा बढी मारमा परेका छन। सर्वसाधारणले शान्ति सुरक्षाको नाममा आम नागरिकलाई अनावश्यक सास्ती दिनु समाधान नभएको देखिएको छ ।

स्थानीय अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूले कसैमाथि पनि प्रमाणबिना आरोप लगाउनु गलत भएको बताउँछन । “घटना जे जस्तो भए पनि सत्य तथ्य सार्वजनिक हुनुपर्छ। अफवाह र राजनीतिक स्वार्थका कारण सामाजिक सद्भाव बिग्रिनु हुँदैन,” एक स्थानीय सामाजिक अभियन्ताले बताए।

यस घटनामा स्थानीय प्रहरी प्रशासनको अनुसन्धान र कार्यक्षमतामाथि समेत प्रश्न उठेको छ। सुरुवाती चरणमै प्रभावकारी संवाद र निष्पक्ष छानबिन गर्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको आरोप स्थानीयको छ। केहीले समयमै स्पष्ट जानकारी सार्वजनिक गरिएको भए अवस्था यति बिग्रिने थिएन भन्ने धारणा व्यक्त गरेका छन।

संवेदनशील धार्मिक स्थल आसपासका घटनालाई जिम्मेवार ढंगले व्यवस्थापन गर्न नसक्दा सानो विवादले ठूलो रूप लिने जोखिम रहन्छ। त्यसैले प्रशासनले पारदर्शी र निष्पक्ष अनुसन्धानमार्फत यथार्थ बाहिर ल्याउनु अपरिहार्य भएको देखिन्छ। 

धार्मिक र सामाजिक विविधताले परिचित वीरगञ्जको पहिचान जोगाउन संवाद, सहकार्य र कानूनी प्रक्रियामार्फत समाधान खोज्नु आवश्यक हुन्छ । यस्ता घटनाको समयमा संयमता अपनाउन, अफवाह नफैलाउन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको जिम्मेवारी हो। 

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएको छ, भने असत्य माथि सत्यको विजयको प्रतीक मानिने हिन्दू धर्मावलम्बीहरूको प्रमुख रंगहरूको पर्व अर्थात परिवार, साथीभाइ र समाजबीच एकता र सद्भाव बढाउने पर्व समेत नजिक रहेको छ। यस्तो अवस्थामा सामान्य बिवादलाई सामाजिक सद्भाव बिथोल्ने घटनाको संज्ञा दिनु असमझदारी र अध्ययन हिन रहेको बुझिन्छ।

अहिले यस घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कारबाही र निर्दोषमाथि लागेको आरोप सच्याउनु पर्ने आवश्यक रहेको स्थानीय जनताको भनाई छ । सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीयले राजनीतिक स्वार्थभन्दा माथि उठेर तथ्यमा आधारित निर्णय गर्न प्रशासनसँग आग्रह गरेका छन।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,576,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,633,विचार,36,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,658,स्थानीय समाचार,317,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: वीरगञ्जमा कर्फ्यु जारी: सामान्य विवादलाई ठूलो घटनाको संज्ञा, स्थानीय प्रशासनको कार्य क्षमता माथि नै प्रश्न
वीरगञ्जमा कर्फ्यु जारी: सामान्य विवादलाई ठूलो घटनाको संज्ञा, स्थानीय प्रशासनको कार्य क्षमता माथि नै प्रश्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg2OjxMk15B58Ezwev-Eff7eyI0S_Gbhwv7dg4D2kw4cgsHEiw6i08TVUXd0EzOLveD4g6QOQ1z6zHxqzTP77xNVXstNi7Bp-Ls-km88z1_WzR7-BY0XcZtDdz57pRSiPXdMqXs5MhitLqvnMzNxmwdabFLYRuv172aM-ptQ3-GuYeAA6e1bUp5ha2oVytL/s320/1000102356.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg2OjxMk15B58Ezwev-Eff7eyI0S_Gbhwv7dg4D2kw4cgsHEiw6i08TVUXd0EzOLveD4g6QOQ1z6zHxqzTP77xNVXstNi7Bp-Ls-km88z1_WzR7-BY0XcZtDdz57pRSiPXdMqXs5MhitLqvnMzNxmwdabFLYRuv172aM-ptQ3-GuYeAA6e1bUp5ha2oVytL/s72-c/1000102356.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/02/blog-post_79.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/02/blog-post_79.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content