जेनजी पर्साका संयोजक बिशेष साह र सल्लाहकार राजा गुप्ताको विशेष पहलमा पर्सा जिल्लामा राजनीतिक समन्वयसम्बन्धी पहिलो चरणको छलफल सम्पन्न भएको छ।
छलफलमा उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, दलहरूबीचको आपसी समन्वय, आगामी कार्ययोजना तथा निर्वाचन रणनीतिका विषयमा विचार–विमर्श गरिएको छ। छलफल जेनजी पर्साका सदस्यहरूको उपस्थितिमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै संयोजक बिशेष साहले युवाको सहभागिता, आपसी समझदारी र साझा एजेन्डामार्फत नयाँ राजनीतिक संस्कार विकास गर्न सकिने बताउनुभयो। उहाँले आगामी निर्वाचनलाई लक्षित गर्दै सकारात्मक र परिवर्तनमुखी राजनीतिका लागि जिल्लास्तरबाटै सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन ।
पर्सा जिल्लामा यस्ता पहलहरूले केवल दलहरूको आपसी सम्बन्ध सुदृढ पार्नु मात्र नभई, युवा मतदातालाई सक्रिय बनाउने, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने दिशामा पनि महत्वपूर्ण योगदान पुर्याउने सम्भावना रहेको छ।

प्रतिक्रिया