लहान नगरपालिका-१६ चुरे क्षेत्रमा रहेका आरिदमार टोलमा गएरातिदेखि नै जंगली हात्तीको हुलले केही घरहरूमा तोडफोड मच्चाईरहेका छन् ।
स्थानीय भुपाल मगर, जालबहादुर थापा मगर, नामजाली मगर, रामबहादुर मगर, भक्त बहादुर र हरि थापा लगायतको घरमा तोडफोड मचाएका छन् । हात्तीले तरकारी खेती समेत क्षति पुर्याएको छ ।
हात्ती अहिले पनि गाउँ वरिपरि नै घुमिरहेको स्थानीयको भनाइ छ । हात्ती खेदाउन स्थानीयले प्रहरीसँग सहयोग माग गरेका छन् । वडा सदस्य भाईकाजी खड्काका अनुसार स्थानीयहरु मिलेर अहिले खेदाईरहेका छौँ । ४ वटा हात्तीले रातभरि आतंक नै मचाएको उनले बताए ।

प्रतिक्रिया