$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

युवा उद्यमी पाण्डेको उम्मेदवारीले पर्सा–३ मा राजनीतिक हलचल,बिपक्षीको लागि त्रास,जनता परिवर्तनको पक्षमा

580


पर्सा-
पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ मा युवा उद्यमी रूपेश कुमार पाण्डेको उम्मेदवारीले राजनीतिक माहोल तातेको छ। नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा भाग लिने उनको उम्मेदवारी निश्चित भएसँगै क्षेत्रीय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

क्षेत्रमा लामो समयदेखि परम्परागत अनुहार र पुरानै शैलीबाट दिक्क बनेका मतदाताहरू परिवर्तनको अपेक्षासहित पाण्डेतर्फ आकर्षित हुन थालेका छन, जसका कारण बिपक्षी दलहरू समेत दबाबमा परेको देखिन्छ।

युवा पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा चिनिएका पाण्डेले नयाँ सोच, स्पष्ट भिजन र परिणाममुखी कार्यशैली प्रस्तुत गर्दै आएका छन। व्यवसायिक क्षेत्रमा सफल अनुभव बटुलेका उनले राजनीतिक नेतृत्वलाई पनि व्यावसायिक दक्षता, पारदर्शिता र उत्तरदायित्वसँग जोड्नुपर्ने धारणा अघि सारेका हुन। यही कारणले उनको उम्मेदवारीलाई युवामात्र होइन, विभिन्न पेशा–व्यवसाय, बुद्धिजीवी र सर्वसाधारणले पनि सकारात्मक रूपमा लिएका छन। 

शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथमिकता

पाण्डेले सार्वजनिक रूपमा प्रस्तुत गरेको एजेन्डामा गुणस्तरीय शिक्षा, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा तथा पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखेका छन, भने पर्सा–३ भौगोलिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले सम्भावनायुक्त क्षेत्र भए पनि पर्याप्त लगानी र योजनाको अभावमा पछाडि परेको उनको विश्लेषण छ।

युवा उद्यमी पाण्डे शिक्षामा आधुनिक प्रविधि, प्राविधिक तथा सीपमूलक शिक्षामा जोड, स्वास्थ्य क्षेत्रमा स्थानीयस्तरमै गुणस्तरीय उपचार सेवा विस्तार, धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनको प्रवर्द्धनमार्फत रोजगारी सिर्जना जस्ता विषयलाई समेटेर उनले दीर्घकालीन विकासको खाका प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन। 

आर्थिक र सामाजिक समृद्धिको प्रतिबद्धता

युवा उद्यमी पाण्डेले स्थानीय अर्थतन्त्र सबल बनाउने, युवा रोजगारी सिर्जना गर्ने र उद्यमशीलतालाई प्रोत्साहन गर्ने स्पष्ट योजना अघि सारेका छन। कृषि, साना तथा मझौला उद्योग, व्यापार र सेवाक्षेत्रलाई एकीकृत रूपमा अघि बढाएर क्षेत्रको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुने उनको विश्वास छ। सामाजिक समावेशिता, सुशासन र भ्रष्टाचारविरुद्ध कडा अडान उनको अर्को मुख्य प्रतिबद्धता पनि हो।

पाण्डेयले पर्सा-३ का पोखरिया, पकहाँ, महुवन, श्रीपुर बजार लगायतलाई व्यवस्थित र आधुनिक बनाउने योजना अघि सारेका छन, भने धार्मिक गन्तव्य भएका दुधेश्वर नाथ महादेव ९भाटा० धार्मिक स्थललाई राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छ। 

पाण्डेले अबको पोखरिया पुरानै स्वरूपमा होइन, व्यवस्थित र आधुनिक हुनु जरुरी छ, कृषिमा प्रविधिकरण, शिक्षा स्वास्थ्यमा सहज पहुँच, मठ-मन्दिरको संरक्षण र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा नै बनाएर अगाडि बढेका छन ।

विगतका नेताहरूले भोट पाएर सत्तामा पुगेपछि पार्टी र आफ्ना नजिकका व्यक्तिलाई मात्रै प्राथमिकता दिने जस्ता गैरजिमेवार पुर्ण गतिविधि प्रति असन्तुष्टि जनाउदै पाण्डेले अबको प्रतिनिधित्व, पार्टीको अनुहार होइन, काम गर्ने क्षमताबाट मूल्यांकन हुनुपर्ने बताउछन ।

जनमत पाण्डेतर्फ, बिपक्षीहरू त्रासमा

मैदानमा देखिएको गतिविधि, जनभेटघाट र सामाजिक सञ्जालमा बढ्दो समर्थनले जनमत पाण्डेको पक्षमा उन्मुख भइरहेको संकेत गर्छ। यही कारण बिपक्षी दलहरू रणनीति बदल्न बाध्य देखिएका छन, भने पाण्डेको उम्मेदवारीले पर्सा–३ को निर्वाचनलाई रोचक मात्र होइन, निर्णायक मोडतर्फ पनि धकेलेको छ।

पुस २२ गते नेकपा एमालेको पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर-३ क्षेत्रीय समन्वय कमिटीको सम्पन्न बैठकबाट युवा उद्यमी रूपेश कुमार पाण्डेको नाम प्रतिनिधि सभाको लागि सिफारिस गरिएको छ। उनी सगै क्षेत्रिय समन्वय कमिटीले १० जना आकांक्षी उम्मेदवारहरूको नाम पनि सिफारिस गरेको छ तर युवा उद्यमी पाण्डेको निष्ठा, लगनशीलता र इमानदारीता तथा जनसम्पर्कले गर्दा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट पाण्डे नै भाग लिने निश्चित समेत देखिएको छ।

समग्रमा, युवा उद्यमी रूपेश कुमार पाण्डे परिवर्तनको प्रतीक, नयाँ पुस्ताको आशा र विकासको विकल्पका रूपमा उदाएका छन। अब पर्सा–३ का मतदाताले उनको भिजनलाई कति विश्वास गर्छन भन्ने कुरा आगामी निर्वाचनले स्पष्ट पार्नेछ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,530,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,616,विचार,35,विज्ञान प्रविधि,26,विश्व,87,समाचार,599,स्थानीय समाचार,308,स्वास्थ्य,44,हाइलाइट,157,
ltr
item
ekrantikhabar: युवा उद्यमी पाण्डेको उम्मेदवारीले पर्सा–३ मा राजनीतिक हलचल,बिपक्षीको लागि त्रास,जनता परिवर्तनको पक्षमा
युवा उद्यमी पाण्डेको उम्मेदवारीले पर्सा–३ मा राजनीतिक हलचल,बिपक्षीको लागि त्रास,जनता परिवर्तनको पक्षमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhqNP46Ozy8SPDIF-Ov9kCZB-TtWOHIbRxujNzDRJFJ9NmfvEnRBn_J_2_kSctOS5aNyD44z6k2D2Youm3OLn8Ewv7xQxzXnvo_I_QjDRiwFIhyphenhyphenENbHPNB8PZORSDe5Qnb28C4Ks8XlZdEfxem1hSiNMlzRr-TxJJ16sTKFXS1vtOqQcJSHCBayKuBLg_eT/s320/1000075272.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhqNP46Ozy8SPDIF-Ov9kCZB-TtWOHIbRxujNzDRJFJ9NmfvEnRBn_J_2_kSctOS5aNyD44z6k2D2Youm3OLn8Ewv7xQxzXnvo_I_QjDRiwFIhyphenhyphenENbHPNB8PZORSDe5Qnb28C4Ks8XlZdEfxem1hSiNMlzRr-TxJJ16sTKFXS1vtOqQcJSHCBayKuBLg_eT/s72-c/1000075272.png
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/01/blog-post_8.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/01/blog-post_8.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content