$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

किङ्ग क्यासिनोमा कानुनको हत्या, मनोरञ्जनको नाममा खुलेआम नेपाली प्रवेश, दर्जनौं युवा ठगिको सिकार, प्रहरी प्रशासनका प्रमुख बेखवर

580


भगवान कुर्मी/वीरगञ्ज:
पर्सा जिल्लामा पछिल्ला दिनहरूमा क्यासिनो माफियाको गतिविधि तीव्र बनेसँगै स्थानीय युवाहरू दिनदिनै दुव्र्यसन र आर्थिक संकटमा फस्ने क्रम बढदै गएको समाचार प्राप्त भएको छ । नयाँ वर्ष २०२६ लगायत बिभिन्न चार्डको अवसरमा पर्सा जिल्लाका क्यासिनोहरुमा नेपालीलाई सजिलै प्रवेश गराउदैं मनोरञ्जन कार्यक्रमको नाममा युवाहरुलाई ठगिदैं गरेको सामाचार प्राप्त भएको हो । 

नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा स्पष्ट कानुनी प्रतिबन्ध हुँदाहुँदै वीरगञ्ज महानगरपालिकाको आदर्शनगरस्थित किङ्ग क्यासिनोमा खुलेआम जुवा, मदिरा सेवन र उत्तेजक मनोरञ्जन कार्यक्रम सञ्चालन भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । नयाँ वर्ष २०२६ को अवसरमा किङ्ग क्यासिनोले नेपालीलाई सजिलै प्रवेश गराउदैं मनोरञ्जन कार्यक्रमको नाममा युवाहरुलाई ठगिएको सामाचार प्राप्त भएको हो । 

किङ्ग क्यासिनोमा डिसेम्बर ३१ को राति क्यासिनोभित्र विशेष ‘न्यु इयर सेलिब्रेसन’ कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा भारत, बिहारकी चर्चित भोजपुरी अभिनेत्री अमरपाली दुबे सहित आधा दर्जनभन्दा बढी महिला डान्सरहरू सहभागी थिए । मनोरञ्जन कार्यक्रमको नाममा क्यासिनो भित्र मदिराले मातिएका ग्राहक, अश्लील नृत्य र खुला जुवा सञ्चालन भएको प्रत्यक्षदर्शी बताउछन । 

प्रत्यक्षदर्शीहरूका अनुसार राति करिब १० बजेदेखि सुरु भएको कार्यक्रममा मदिरामा लठ भएका ग्राहकहरूको भीड देखिएको थियो । राति १२ बजे अमरपाली दुबेले केक काट्दै नयाँ वर्षको स्वागत गरिन । त्यसपछि अश्लील भोजपुरी गीतमा नृत्य प्रस्तुत गरियो । राति करिब २ बजेदेखि कार्यक्रम अझ उत्तेजक बन्दै गएको प्रत्यक्षदर्शीहरूको दाबी छ ।

क्यासिनोभित्र बारा र पर्साका ग्रामीण भेग देखि बाजार क्षेत्रसम्मका नेपाली युवाहरूको बाक्लो उपस्थिति देखिएको थियो,भने दर्जनभन्दा बढी पाको उमेरका नेपाली नागरिकहरू पनि क्यासिनोभित्र खुलेआम जुवामा संलग्न रहेको जनाईएको छ । 

सोही मनोरञ्जन कार्यक्रममा सहभागी भएका बारा निवासी एक नेपाली युवाले करिब २० लाख रुपैयाँ हारिएको घटना पनि उजागर भएको छ ।  

वीरगञ्जका क्यासिनोहरुमा नेपालीहरुलाई सजिलै प्रबेश पाउने भएकोले जुवा खेल्नेहरुको चहलपहल बढदै गएको हो । यता पर्सामा अवैध क्यासिनो र जुवा सञ्चालनको गतिविधि रोक्न प्रशासनिक पहल कमजोर देखिएको छ । प्रहरी नेतृत्वमा पटक–पटक परिवर्तन भए पनि स्थितिमा परिवर्तन भएको छैन ।

पर्सा जिल्लाका क्यासिनोहरुमा सज्लिै नेपाली प्रवेश गराउने यो नौलो कुरा होईन्न, पारम्परा गत तरिकाले बिगतको लामो समय देखी यस्ता गैरकानुनी गतिबिधि चल्दैं आएको छ, तर यस तर्फ प्रहरी प्रशासनको अनुगमन तथा निरिक्षण शुन्य देखिन्छ ।

दियालोमा सञ्चालित किंङ्ग क्यासिनोका कारण पहिला पनि वीरगञ्ज २५का एक जना पटेल थरका युवा बिलिबाट्ठ भएका छन, भने गाहवा र आदर्शनगरका दर्जनौं युवा ठगिका सिकार भएकै हुन । क्यासिनोमा मदिरा छुट दिएका हुन्छन, र सोहीलाई रामवाण बनाएर युवाहरुलाई ठगिने काम गरिन्छ, भने जानकारहरु बताउछन ।  

किङ्ग क्यासिनोका सञ्चालकहरुको राजनितिक पहुच निकै बलियो रहेको समाचार स्रोतको दावी छ । स्रोतका अनुसार दियालोका कतिपय समझेदारहरु नेता र मन्त्री समेतको आसेपासे रहेका छन,भने क्यासिनो सम्म नेताहरुको लगानी रहेको कारणले गर्दा नियम विपरीत नेपालीहरुलाई भित्रियाउदा पनि पर्साका सुरक्षा निकायहरु मौन देखिन्छन । क्यासिनोहरुको माध्यमले मात्र दिनहु दर्जनौं नेपालीहरु बर्बाद हुने गरेका छन तै पनि पर्साका सुरक्षा निकायको मौन हुनु दुर्भाग्य रहेको पुष्टि हुन्छ । 

क्यासिनो सञ्चालकहरुले नेपालीहरुलाई प्रबेश गराई राजनितिक पहुचको भरमा खुल्याम नियमको धज्जी उडाउदैं गरेको प्रमाण समेत पाईएको छ । यति मात्र होईन्न क्यासिनोहरुमा जुवा तास तथा सट्टाबाजी खेल्नेहरुको लागी मालिकहरुले सावारी साधनको समेत ब्यवस्था गरेका छन । घरबाट ल्याउने र रातिमा जुवा खेले पछि घर सम्म पुर्याउने जतिको सेवा सुबिधा दिनु भनेको जुवाको लत लगाउनु तथा क्यासिनोबाट साहुहरुलाई ठुलै आम्दनी पाईरहेको पुष्टी हुन्छ ।

क्यासिनोमा नेपालीहरुलाई प्रबेश निषेद गरिएको र खासगरी बिदेसीहरुलाई मात्र प्रवेश पाउँने नियम छ । तर पहुचको भरमा क्यासिनाहरुले नियमावली (२०७०) लाई खुल्याम धज्जी उडाउदैं नियम विपरीत नेपालीहरुलाई भित्रियाउने गरेका छन ।

क्यासिनोका मालिकहरुले माथिल्लो निकायको पहुचको भरमा सजिलै प्रहरी प्रशासनसंग सेटिङ्ग गरी आर्थीक नजराना टकराएर सुरक्षा निकाय माथी दबाव बनाएर राखेको नाम नबताउने शर्तमा एक जना प्रहरीका ठुला अधिकारीले जानकारी दिए । पर्साका प्रहरी, प्रशासनका प्रमुखहरुले क्यासिनोबाट महिनावारीको रुपमा लाखौं लाख रकम बुझेर गैरकानुनी गतिबिधिमा हातेमालो गरेको सामाचार स्रोतको दावी छ ।  

पर्सा जिल्लमा क्यासिनो माफियाको स्वरुप लिएको निकै चर्चाको बिषय बनेको छ तै नियमन निकाय मुर्खदर्शक बनेको छ । नेपालीहरुलाई प्रवेश दिने क्यासिनोलाई नियमावली अनुसार सो क्यासिनोको ईजाजतपत्र नै रद्द गर्ने व्यवस्था छ । तर दियालोमा सञ्चालित किंङ्ग क्यासिनोले खुल्याम नियमको धज्जी उडाईरहेको अवस्थामा पनि सुरक्षा निकायको मुर्खदर्शक बन्नु साच्चिकै राजनितिक दबाव तथा संचालकहरुको प्रहरीसंग सेटिङ्ग रहेको पुष्टि हुन्छ ।

पर्सा जिल्लामा किङ्ग क्यासिनो सहित क्लार्क रिसोर्ट होटेलमा गोल्डेन फिङ्गगर गेमिङ्ग जोन, भिस्वा होटलमा सेन्ट्रल मिडिया गेमिङ क्लब र सुरज होटेलमा फोरचुन सिटीको नामले क्यासिनो सञ्चालीत छन ।  

बारम्बार बिभिन्न पत्रपत्रिकामा समेत यस्ता घटना सर्वजनिक हुदाँ पनि प्रहरी प्रशासनका प्रमुखहरु आफु बेखकर रहेको देखाउन । 

पर्सा जिल्लामा प्रहरी प्रशासनका प्रमुखहरुले यस्ता गतिबिधि थप पार्न आफु अग्रसर रहेको देखाउछन, तर यस्ता कृयाकलाप थप हुनुको सट्टा झन झन मौलाउदै गरेको छ । पर्सा जिल्लाका प्रमुखहरुको कुरा नेता जस्तै भाषणमा मात्र लिप्त भएको देखिन्छ, भने अहिले पर्सा जिल्लामा प्रहरी प्रशासन प्रमुखमा भारे बाबा आउछन,ठिट्टी बाबा ल्याउछन जस्तै उखान पुष्टि भएको हो । अब जनताको पक्षमा काम गर्ने सुरक्षा निकाय नै बिभिन्न जालझेलको सिकार भयो भने सुरक्षा निकायबाट जनताले के अपेक्षा गर्ने प्रश्न समेत उठन सुुरु भएको छ । 

यस बिषयमा पर्सा प्रमुख जिल्ला अधिकारी भोला दाहालसंग बुझ्न खोज्दा उनले क्यासिनोको घटना बारे प्रहरीसंग सहकार्य गरेर जानकारी लिने प्रतिक्रिया दिए । यसैगरी पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकसंग बुझ्न ९८५५०७५५५५ को यो नम्बरमा सम्र्पक गर्दा फोन नै उठेन,भने मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपालियासंग प्रतिक्रिया लिन खोज्दा फोन नै उठेन । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,527,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,616,विचार,35,विज्ञान प्रविधि,26,विश्व,86,समाचार,595,स्थानीय समाचार,307,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: किङ्ग क्यासिनोमा कानुनको हत्या, मनोरञ्जनको नाममा खुलेआम नेपाली प्रवेश, दर्जनौं युवा ठगिको सिकार, प्रहरी प्रशासनका प्रमुख बेखवर
किङ्ग क्यासिनोमा कानुनको हत्या, मनोरञ्जनको नाममा खुलेआम नेपाली प्रवेश, दर्जनौं युवा ठगिको सिकार, प्रहरी प्रशासनका प्रमुख बेखवर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg03kYS1RDgruI5CNJ3Udt_ErKAcBq8M0Cu9WCTxEhCk7RIC72lqkoaH4ZejhVSqxqBxquok_rarCPOQvIaIl1UjueBgYO167ZyRQiNDYMiwZTYOM6qIFFdvLzKaM0HBimkw-2xACh7apzZxooiZ0iavZ-hd1P3dGCyBczWTmBkG_c-8MYEBXF2ZwYVn7IZ/s320/1d81c54d-7407-479a-84ec-72b71be7d59f.jfif
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg03kYS1RDgruI5CNJ3Udt_ErKAcBq8M0Cu9WCTxEhCk7RIC72lqkoaH4ZejhVSqxqBxquok_rarCPOQvIaIl1UjueBgYO167ZyRQiNDYMiwZTYOM6qIFFdvLzKaM0HBimkw-2xACh7apzZxooiZ0iavZ-hd1P3dGCyBczWTmBkG_c-8MYEBXF2ZwYVn7IZ/s72-c/1d81c54d-7407-479a-84ec-72b71be7d59f.jfif
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/01/blog-post_53.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/01/blog-post_53.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content