$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नयाँ भनिएका दलमा पनि तात्त्विक भिन्नता छैन: गगन थापा

580


काठमाडौं-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका दलहरूमा पनि पुराना भन्दा तात्त्विक भिन्नता नदेखिएको बताउनुभएको छ ।

राज्यका मुख्य संरचनामा सुधार नगरी जो आए पनि सुधार नहुने उहाँको धारणा छ । उहाँले आगामी निर्वाचनअघि नै ती संरचनाहरूमा    सुधार आवश्यक रहेको बतानुभयो । बिहीबार राति सार्वजनिक गर्नुभएको भिडिओ सन्देशमार्फत महामन्त्री थापाले विषयमा राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

उहाँले निर्वाचन प्रणाली र संवैधानिक निकायमा गरिने नियुक्तिका प्रक्रियामा समेत सुधार अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । संविधानमै स्पष्ट मापदण्ड तोकिनुपर्ने उल्लेख गर्दै उहाँले कानुनी छिद्रको दुरुपयोग गर्दै आएको यथार्थ स्वीकार गर्नुभएको छ। ‘समानुपातिक सूची हेर्दा पुराना र नयाँ दलबिच खासै भिन्नता देखिँदैन,’ उहाँले भन्नुभयो ।

बिहीबार राति सार्वजनिक गर्नुभएको भिडिओ सन्देशमार्फत महामन्त्री थापाले सरकार परिवर्तन र नियमित निर्वाचनले मात्र मुलुकले भोग्दै आएका जटिल समस्या समाधान गर्न नसक्ने बताउनुभयो । निर्वाचनले संविधानलाई गति दिने भए पनि प्रशासनिक र कार्यकारी निर्णयबाट मात्रै संरचनागत समस्या हल नहुने उहाँको भनाइ छ ।

महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतलगायतका संवैधानिक निकायसमेत राजनीतिक भागबन्डाको सिकार बनेको टिप्पणी गर्नुभयो । यसका लागि संवैधानिक परिषद्को संरचना र नियुक्ति प्रक्रियामा ‘पब्लिक हियरिङ’, रोष्टर प्रणालीजस्ता पारदर्शी अभ्यास अपनाउनुपर्ने उहाँको सुझाव छ ।

उहाँले नयाँ र पुराना सबै राजनीतिक दललाई एउटै टेबुलमा बसेर शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारका एजेन्डामा साझा धारणा बनाउन अपिल गर्नुभएको छ । थापाले आगामी दिनमा सुधारका एजेन्डामाथि शृङ्खलाबद्ध सार्वजनिक बहस सञ्चालन गर्ने पनि बताउनुभएको छ ।

जेन–जी मुभमेन्ट र भदौ २३–२४ का घटनाहरूले नागरिकमा व्याप्त चरम असन्तुष्टि, भ्रष्टाचार र कुशासनप्रतिको आक्रोशलाई उजागर गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यस्ता आन्दोलनबाट आएको जनम्याण्डेटलाई संस्थागत गर्न सबै सरोकारवाला एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले निर्वाचन प्रणाली र संवैधानिक निकायमा गरिने नियुक्तिका प्रक्रियामा समेत सुधार अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । संविधानमै स्पष्ट मापदण्ड तोकिनुपर्ने उल्लेख गर्दै उहाँले कानुनी छिद्रको दुरुपयोग गर्दै आएको यथार्थ स्वीकार गर्नुभयो । ‘समानुपातिक सूची हेर्दा पुराना र नयाँ दलबिच खासै भिन्नता देखिँदैन,’ उहाँले भन्नुभयो ।

२०६२र६३ को जनआन्दोलनअघि राजनीतिक दलहरूबिच भएको सहमतिको स्मरण गर्दै महामन्त्री थापाले आगामी निर्वाचनअघि नै त्यस्तै प्रकृतिको राष्ट्रिय संवाद आवश्यक रहेको बताउनुभयो । ‘चुनाव आफ्नो ठाउँमा हुन्छ, प्रतिस्पर्धा हुन्छ तर, चुनावपछिको संसद्ले संविधान र कानुनमा के–कस्ता सुधार गर्ने भन्नेमा चुनावअघि नै सहमति गरौँ,’ उहाँले भन्नुभयो, ‘यसका लागि नागरिक समाज र अग्रज व्यक्तित्वहरूले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर मध्यस्थता गरिदिनुपर्छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,527,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,616,विचार,35,विज्ञान प्रविधि,26,विश्व,87,समाचार,598,स्थानीय समाचार,308,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: नयाँ भनिएका दलमा पनि तात्त्विक भिन्नता छैन: गगन थापा
नयाँ भनिएका दलमा पनि तात्त्विक भिन्नता छैन: गगन थापा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjnoX3c4q_fa9dBEmmjZ3jebwBQKkVUAiUTf8B192lthecgkGFXi7unpnTxMYYZtC4Nj76qYtHdAiv1NyD7dKvDUDmMz3TU3jorK9pGy0VaUnyIEBAUowmdsux7zo7PjBwrCySAvgLuz5qMNv6L3wyDizJ4pcqSAtIZPB5jV4ApWuaRbOjInJ8zTIt0RjA2/s320/gagan-thapa-(3)_44hzluvtg9_CkdGtiUPUy.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjnoX3c4q_fa9dBEmmjZ3jebwBQKkVUAiUTf8B192lthecgkGFXi7unpnTxMYYZtC4Nj76qYtHdAiv1NyD7dKvDUDmMz3TU3jorK9pGy0VaUnyIEBAUowmdsux7zo7PjBwrCySAvgLuz5qMNv6L3wyDizJ4pcqSAtIZPB5jV4ApWuaRbOjInJ8zTIt0RjA2/s72-c/gagan-thapa-(3)_44hzluvtg9_CkdGtiUPUy.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/01/blog-post_41.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/01/blog-post_41.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content